हिपमत डटकम

बिहिबार, साउन २६, २०७९ || 16058  पटक पढिएको

उर्लाबारी। यही भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी रथयात्रा भब्य रूपमा मनाइने भएको छ ।

रथयात्रा तयारीका लागि विहीबार देविस्थान दुर्गामन्दिर परिसरमा उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलसहित स्थानीय धार्मिक व्यक्तित्वको उपस्थितिमा व्यापक गृहकार्य गरिएको थियो । जसअनुसार सुशीला गौतमको संयोजकत्वमा ११ सदस्यीय श्रीकृष्ण जन्माष्टमी रथयात्रा मुल समिति गठन गरिएको छ । रथयात्रा समितिमा अनन्तराम खतिवडालाई सह–संयोजक र गजेन्द्र दंगाललाई सचिवको जिम्वेवारी दिइएको छ । रथयात्रा उर्लाबारी –७ स्थित राधाकृष्ण मन्दिरबाट सुरु गरी उर्लाबारीका विभिन्न स्थानमा नगर परिक्रमा गराइने सचिव गजेन्द्र दंगालले बताउनुभयो ।

रथयात्रा तयारी भेलालाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले भन्नुभयो –‘विगतका दुई वर्ष कोरोना महामारीले स्थगित भएपनि रथयात्रालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न नगरपालिकाको सबैखाले सहयोग रहने छ ।’ उहाँले आगामी वर्षहरुमा पनि रथयात्राको निरन्तरता रहन सके त्यसले उर्लाबारीबासीकोृ धार्मिक निष्ठा साथै शान र मान कायम रहने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!