बिराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना भाइरस (कोभिड-१९) बाट मुक्त भएका छन् ।
मुख्यमन्त्री राई एक हप्ता आइसोलेसन बसेर स्वास्थ्यालाभपछि श्रावण २३ गते सोमबारबाट नियमित काममा फर्केका छन् ।
पछिल्लो पल्ट कोभिड-परीक्षणको रिर्पोट नेगेटिभ आएपछि डक्टरले कोरोनाबाट मुक्त भएको घोषना गरेका थिए ।
गत १६ गते सोमबार मुख्यमन्त्री सहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरू लगायत १६ जनाको पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री सहित तीन जनामा कोभिड सङ्क्रमण देखिएका थिए।