सोमबार, फाल्गुण १९, २०७६ || 983  पटक पढिएको

नव गायक करन राईले आफ्नो डेब्यु म्युजिक भिडियो ‘चप्पल’ सार्वजनिक गरेका छन । भनिन्छ जिन्दगी भन्नु सम्झनाको एक माला हो । बाल्यकालमा नयाँ चप्पल लाउन पाउनु को खुशी बेग्लै हुन्थ्यो । बाल्यकालको मिठो स्मृतिलाई समावेश गरेर थिम्याटिक भर्सनमा लेखिएको यस गीतमा स्वर करन राईको रहेको छ । गीतमा शब्द र संगीत सौरभ तिमसिनाको रहेको छ । गीतको संगीत संयोजन राजन इशानले गरेका हुन्।म्युजिक भिडियोमा एलिशा राई , निराजन प्रधान , अन्जली अधिकारी र सागर लम्सालको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् । माइ वे ग्रिल एण्ड बारकोले निर्माण गरेको भिडियोलाई राजिव समरले निर्देशन गरेका हुन् ।मोरङ जिल्ला घर भै विगत ५ वर्ष देखि अमेरिकामा बस्दै आएका गायक करन राई नेपाली गीत संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढ्ने कोसिसमा छन । आफ्नो पहिलो म्युजिक भिडियोलाई माया गरिदिन उनले सम्पूर्ण दर्शक , सोर्ता र मिडिया हाउसलाई आग्रह गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!