एजेन्सी। भारतको पश्चिम बंगालमा बोमबम तीर्थयात्री चढेको भ्यानमा करेन्ट लाग्दा दश जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६ जना घाइते भएका छन् ।
पश्चिम बंगालको कुचबिहारबाट पिकअप भ्यानमा जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गएकालाई करेन्ट लागेको हो ।
करेन्ट लागेर अचेत सबैलाई उद्धार गरेर चेंगाबान्धा अस्पताल पुर्याइएको थियो । त्यसमध्ये दश जनाको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ ।
घाइते १६ जनाको जलपाइगुडीको सुपर स्पेशलिटी अस्पतालमा उपचार भैरहेको छ ।
मृतक र घाइते सबै कन्बारिया सेतालकुचीका बासिन्दा भएको प्रहरीले जनाएको छ ।
भ्यानमा राखिएको जेनेरेटर सर्ट भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
प्रहरीले भ्यानलाई नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।