हिपमत डटकम

बिहिबार, साउन १२, २०७९ || 871  पटक पढिएको

काठमाडौ। पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पाँच हजार २५ वटा नमुना परीक्षण गर्दा पिसिआर परीक्षणबाट ५ सय २४ र एन्टिजेन परीक्षणबाट १ सय ८६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ३ सय २४ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ सय २४, भक्तपुरमा १६ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् ।

आज देशभरका ५० जिल्लामा संक्रमित देखिएका छन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या दुईहजार आठ सय छ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय १५ रहेको छ । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार २ सय ३६ छ ।

४ हजार ८० जना होम आइसोलेसन र १ सय ५६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ३३ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!