हिपमत डटकम

बिहिबार, साउन १२, २०७९ || 692  पटक पढिएको

एजेन्सी। भारतको आर्थिक मामिलामा अनुसन्धान गर्ने प्रवर्तन निर्देशनालय ‘ईडी’ ले विपक्षी दल कंग्रेस अध्यक्ष सोनिया गान्धीसँग लगातार तीन दिन बयान लिएको छ ।

गान्धीसँग सोमबारदेखि बुधबारसम्म बयान लिइएको हो । भारतीय पत्रिका नेसनल हेराल्डसम्बन्धी मुद्दामा ईडीले सोनियासँग सोधपुछ गरिरहेको हो ।

सोनियाले हालसम्म सय वटाभन्दा बढी प्रश्नको जवाफ दिइसकेको बताइएको छ । यसअघि गत जुनमा राहुल गान्धीसँग पनि ईडीले सोधपुछ गरेको थियो ।

यही मुद्दामा केही अगाडि कंग्रेसका अन्य दुई नेता पवन वंशल र अल्लिकार्जुन खड्गेसँग पनि बयान लिइएको थियो ।

कंग्रेस सरकारका पालामा नेसनल हेराल्ड पत्रिकाको ९० करोड भारुभन्दा बढी ऋण मिनाहा भएको थियो ।

सो कार्यमा गान्धी परिवारले ५५ करोड अनियमितता गरेको आरोप लगाउँदै भाजपा नेता सुब्रमण्यम स्वामीले मुद्दा दायर गरेका थिए ।

सोनियासँग सोधपुछ भइरहेका बेला कंग्रेस नेताहरूले भने राजधानी नयाँदिल्ली, मुम्बईलगायत सहरमा विरोध जनाएका छन्  ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!