काठमाडौ। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउने भएका छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको छ ।
नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो ।
यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।
उनले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ ।
नेपालले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी अस्वीकार गरेको केही समयपछि लू नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।