हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 2041  पटक पढिएको

काठमाडौं। साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गल अर्थात् घन्टाकर्ण पर्व सांस्कृतिक परम्परा अनुसार आज नेवार समुदायले मनाउँदै छन् ।

यो पर्वमा गठेमङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटामा उभ्याइने चलन छ ।

बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा माग्ने र राति राँको बाली गठेमङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै जलाउने गरिन्छ ।

घण्टाकर्णलाई सेलाएपछि घरको दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ ।

जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवम् शत्रुबाट रक्षा प्राप्त गर्नाका साथै आर्थिक र भौतिक उन्नतिका लागि घण्टाकर्णको पूजा आराधनालाई महत्वपूर्ण मानिन्छ ।

यो पर्वलाई नेवार समुदायल रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन् ।

नेवारी समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!