हिपमत डटकम

मंगलबार, साउन १०, २०७९ || 1948  पटक पढिएको

एजेन्सी। रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली संघ ‘ईयू’ अन्तर्गतका देशहरूमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्ने घोषणा गरेको छ ।

मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती गर्न लागिएको उसले जनाएको हो ।

ग्याजप्रोमले मर्मतका लागि ‘नर्ड स्ट्रीम वान’ पाइपलाइनको टर्बाइन बन्द गरिने जानकारी दिएको हो । यसवाट ग्यासको उत्पादनमा २० प्रतिशत कटौती हुने बताइएको छ ।

यसबाट युरोपेली मुलुकमा भइरहेको ग्यास आपूर्ति आधा कम हुनसक्ने बताइएको छ ।

युक्रेन आक्रमणको विपक्षमा उभिएकाले रुसले ग्यास कटौती गरेको अनुमान गरिएको छ ।

जर्मन सरकारले भने ग्यास आपूर्ति कटौती गर्नुपर्ने कुनै प्राविधिक कारण नरहेको दाबी गरेको छ ।

रुसको निर्णयले जाडो महिनाअघि ग्यास जोहो गर्न युरोपेली मुलुकलाई कठिन हुने देखिएको छ । यो पाइपलाइनले रुसमा उत्पादित ग्यास जर्मनीसम्म पुग्ने गर्दछ ।

यसअघि नै रुसले युरोपमा क्षमताभन्दा कम ग्यास पठाइरहेको छ । यसअघिपनि मर्मतका लागि भन्दै पाइपलाइन १० दिन बन्द गरिएको थियो ।

रुसले गत वर्ष ईयूका देशहरूमा ४० प्रतिशत ग्यास निर्यात गरेको थियो । इन्धनलाई हतियारको रूपमा प्रयोग गरेको आरोप युरोपेली मुलुकले रुसमाथि लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!