एजेन्सी । क्यानडाको भ्यानकुभर नजिकै एक बन्दुकधारीले शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।
गोली लागेर अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र अर्को व्यक्तिको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।
प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएको बताइएको छ । पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अनुसन्धान भैरहेको क्यानडाको प्रहरीले जनाएको छ ।
छिमेकी अमेरिकामा सामूहिक गोली काण्डको लहर पछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बन्दुकमा प्रतिबन्ध लगाउने तयारी गरेका छन् ।