‘म रहरले यो पेशामा आएको होइन, आफ्नै बाध्यता छ,’ प्रहरीले नियन्त्रणमा लिएपछि दोलखा जिल्ला स्थायी घर भइ हाल भक्तपुर बस्दै आएकी २१ वर्षकी सेजल (नाम परिवर्तन) ले प्रहरी समक्ष भनिन् ।

महानगरीय प्रहरी वृत्त जगातीको शुद्धीकरण अभियान अन्तर्गत होटल तथा रेस्टुरेन्टबाट अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेपछि उनले आफ्नो व्यथा सुनाइन् ।

उनीसँगै अन्य १५ जनालाई पनि प्रहरी पक्राउ गरेको थियो । ‘अरुको आफ्नै समस्या भएर होटल रेष्टुरेन्ट व्यवसायमा आए, मेरो व्यथा फरक छ,’ सेजलले भनिन् ।

केही वर्ष अघि सेजलले अन्तरजातीय प्रेम विवाह गरिन् । सुरुमा सम्बन्ध राम्रो थियो । तर पछि श्रीमानसँग नियमित झगडा हुन थाल्यो । यत्तिकैमा छोरो जन्मियो । केही समयदेखि श्रीमान विदेशमा छन् । तर उनीसँग कुनै सम्बन्ध छैन । ‘उसले न फोन गर्दछ, न पैसा पठाउँछ,’ उनले भनिन् ।

अहिले छोरो १४ महिनाको भयो । उनले प्रहरी समक्ष भनिन् ‘म त्यो छोरोलाई शिशुस्याहारमा राखेर यहाँ आउँछु ।’अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा अनैतिक गतिविधि हुने गरेको प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिइएका महिलाहरुले प्रहरीलाई दिएको बयान अनुसार उनीहरुले एक पटक ग्राहकसँग बसेको एक हजार रुपैयाँ लिने गरेका छन् । त्यसबाट ५ सय आफूले राख्ने र ५ सय रुपैयाँ होटल मालिकलाई दिने गरेको उनीहरुको भनाइ छ ।

विशेषगरि यस क्षेत्रमा सञ्चालित खाजाघर, गेष्ट हाउस तथा रेष्टुराँलाई निगरानीमा राखेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुखसमेत रहेका डीएसपी चक्रराज जोशीले सामाजिक विकृतिका रुपमा विकास भईरहेको छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले यस क्षेत्रमा विशेष शुद्धीकरण अभियान चलाएको बताए ।प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका होटल, रेष्टुरेन्ट तथा खाजाघरमा छापा मारेको छ । ती स्थानमा अनैतिक कार्य हुँदै आएको सूचनाका आधारमा छापा मारेर १६ जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!