विराटनगर महानगरपालिकाले दादुरा रुवेला खोप लगाउने तथा पोलीयो थोपा खुवाउने कार्यक्रम शुरु गरेको छ । महानगरको यो राष्ट्रिय कार्यक्रम हो । विराटनगर १ पोखरीयाबाट कार्यवाहक प्रमुखको हातले पोलीयो थोपा स्थानीय एक बालीकालाई खुवाएर शुक्रबार उद्घाटन गरिन । महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार विराटनगरका एक सय चार खोपकेन्द्रले बालबालीकालाई खोप लगाउनुका साथै दादुरा रुवेलाको खोप लगाईने छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार खोपलगाईने रमेश कार्कीको भनाई छ । एक हप्ता सम्म चल्ने कार्यक्रममा १बर्ष देखि ५ बर्ष सम्मका कालबालीकालाई दादुरा रुवेलाको खोप लगाउनुका साथै पोलियो थोपा खुवाईने छ ।