लौहपुरुष गोणेशमान सिंहको नामबाट संञ्चालीत बिर गणेशमानसिंह प्रदेश न. १ स्तरीय बक्सीङका खेलाडी छनौट प्रतियोगीता सकिएको छ । विहिबारबाट विराटनगरमा शुरुभएको छनौट चरणको खेलमा झापा, मोरङ, सुनसरी भोजपुर उदयपुरका २८ बक्सीङ खेलाडीहरुको सहभागिता थियो ।अध्यक्ष श्याम पौडेलका अनुसार आगामी चैत्र १६, १७, १८ र १९ गते काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । पौडेलका अनुसार सो प्रतियोगितामा १६ छानौटमा परेका छन । कार्यक्रमको समापन विराटनगर महानगरका कार्यवाहक प्रमुख ईन्दिरा कार्कीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको थियो । छनौटमा परेका खेलाडीलाई कावा प्रमुख काकीले प्रमाणपत्र वितरण गर्नुभयो ।