राम प्रेम यादब

बुधबार, जेठ २५, २०७९ || 1493  पटक पढिएको

 

बरियारपट्टी । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिवीर हुने भएको छ । श्री जनता माध्यमिक बिद्यालय बरियारपट्टी-०३ को प्राङ्गणमा असार ४ गते शनिबारको दिन बिहानको ८:०० बजे देखि बेलुका ५:०० बजे सम्म संचालन हुनेछ ।

श्री लक्ष्मण सिंह कृषी सहकारी संस्था लि. तथा नेपाल क्यान्सर फाउन्डेसनको आयोजना र बि एण्ड सि मेडीकल कलेज शिक्षण अस्पताल बिर्तामोड तथा पुर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा हुन लागेको बरियारपट्टी गाउँपालिका वडा नम्बर ०३ का वडा अध्यक्ष बिनोद कुमार यादवले बताए ।

स्थानिय वासीलाई केहि लाभहोस भन्ने उदेश्यले स्वास्थ्य शिविर आयोजना गरीएको श्री लक्ष्मण सिंह कृषी सहकारी संस्था लि. का अध्यक्ष अजय कुमार यादवले हिपमत डटकमलाई बताए । ‘गरीब, दलित, अति विपिन्न, असाहय तथा आर्थिक अभावले उपचार गराउन नसकेका रोगीहरुको लागि उपयोगी हुने’ यादवले बताए ।

स्वास्थ्य शिविरमा फिजिसियन विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, नाक, कान, घाँटी विशेषज्ञ, मुटु रोग विशेषज्ञ, हार्डजोर्नी विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, रेडियोलोजी, बिकिरण चिकित्साविज्ञान विशेषज्ञ सहितको टोलीको उपस्थिती रहने बि एण्ड सि मेडीकल कलेज शिक्षण अस्पतालका डाइरेक्टर डा बिरेन्द्र यादवले बताए ।

श्री लक्ष्मण सिंह कृषी सहकारी संस्था लि. का अध्यक्ष अजय कुमार यादव

श्री लक्ष्मण सिंह कृषी सहकारी संस्था लि. का अध्यक्ष अजय कुमार यादव

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!