शुक्रबार, फाल्गुण १६, २०७६ || 993  पटक पढिएको

१३औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको तीन महिना भइसकेको छ । तर खेल सकिना साथ पदकको छिनोफानो पनि भइसक्छ । सोही अनुसार नेपाल पदक तालिकामा दोस्रो भयो । नेपालले सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी कुल दुई सय ६ पदक जितेको थियो ।

पदक विजेता खेलाडीलाई साग सकिएको भोलिपल्टै सरकारले पुरस्कार राशीको समेत घोषणा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटार बोलाएर खेलाडीलाई पुरस्कार रकमको घोषणा गरेका थिए । तर खेलाडीले तीन महिना वितिसक्दा समेत तोकिएको पुरस्कार पाएका छैनन् । यही बीचमा राखेपका सदस्य सचिव रमेश सिलवालले नेपालको पदक संख्या अझै बढ्ने दावी गरेका छन् । राजधानीमा बिहिबार आयोजित भलिबल खेलाडी सम्मान कार्यक्रममा सदस्य सचिव सिलवालले नेपालको पदक बढ्ने छनक देखिएको र त्यो केही दिनमै थाहा हुने बताए ।

कहिले काँही पदक विजेता कुनैपनि खेलाडी डोपिङमा पर्दा अर्को खेलाडीले पदक पाउने सम्भावना हुन्छ । ठूला प्रतियोगिताहरुमा डोपिङका कारण पदक खोसिएका र अर्को खेलाडीले पाएका धेरै उदाहरण छन् । सदस्य सचिव सिलवालको संकेत पनि त्यस्तै थियो । सिलवालले पदक थपिएपछि खेलाडीलाई पुरस्कार वितरण गर्न थप सहज हुन्छ भनेर वितरणमा केही ढिला गरिएको पनि बताए । उनले यही महिना भित्र सागमा पदक विजेता खेलाडीलाई भब्य रुपमा सम्मान गरिने पनि बताए । सागमा पदक विजेता खेलाडीको घोषित पुरस्कार रकम प्रदानको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन समेत गरेको छ ।

अब अर्थमन्त्रालयबाट बजेट आउना साथ खेलाडीले पुरस्कार रकम प्राप्त गर्नेछन् । सरकारले खेलाडीले पाउने पुरस्कारमा ट्याक्स नकाट्ने पनि जनाएको छ । सरकारले सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही नौ लाख, दुई भन्दी बढी स्वर्ण जित्नेलाई ११ लाख, रजत विजेतालाई ६ लाख र कांस्य विजेतालाई तीन लाख रुपैयाँ दिने घोषणा गरेको थियो । सरकारले टिम इभेन्टमा स्वर्ण विजेता खेलाडीलाई भने पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो । टिम इभेन्टको रजत र कांस्य विजेताको विषयमा सरकारले स्पस्ट उल्लेख नगर्दा खेलाडीमा दुविधा नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!