बिहिबार विवाहको तयारीमा रहेको जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मंगलबार मेहेन्दी र संगीत कार्यक्रमको आयोजना गरियो । प्रियंका र आयुष्मानको विवाहका लागि काठमाडौंको एक रिसोर्टलाई तीन दिनको लागि बुक गरिएको छ । मंगलबार दिउँसो मेहेन्दीको कार्यक्रम आयोजना गरिएको थियो भने बेलुकादेखि सुरु भएको संगीत कार्यक्रम मध्य रातीसम्म चलेको थियो । आयुष्मानले पनि प्रियंकाको नामको मेहेन्दी लगाएका थिए । प्रियंकाले मेहेन्दी लगाउनका लागि हरियो पहिरन रोजेकी थिइन् भने बेलुकी संगीत कार्यक्रममा उनले आफ्नो आउटफिट परिवर्तन गरिरहिन् । संगीत कार्यक्रममा प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तानलगायतका थुप्रैले आफ्नो प्रस्तुती दिएका थिए ।