काठमाण्डौंबाट पोखरा घुम्न आएका चारजना साथीहरु मध्य तीन जना पोखराको खपौदीबाट डुंगा लिएर फेवा तालमा जान्छन् ।
फेवा तालको बीचमा पुगेपछि डुंगामा पानी पस्यो र दुर्घटना भयो ।
सोमबारको घटनामा परेर काठमाण्डौंका सुमित लुईटेल हराएका थिए र बाँकी दुई जनालाई नेपाली सेनाले उद्दार समेत गरेको थियो ।
हराईरहेका सुमितको शब मंगलबार फेवातालमै फेला परेको छ ।
नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरीको सक्रियतामा फेवा तालको करिब ४० फिट गहिराईबाट उनको शब निकालिएको हो ।
सुमित बेपत्ता भएपछि उनका आफन्तहरु पोखरा आईसकेका थिए ।
चुहिने डुंगा हुनु र लाईफ जाकेट पनि प्रयोग नगर्नुले दुर्घटना निम्ताएको प्रहरीले बताएको छ।