हिपमत डटकम

बुधबार, चैत्र ३०, २०७८ || 713  पटक पढिएको

भक्तपुरको बिस्का जात्राको क्रममा बुधबार साँझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याउँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका–५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ ।

आठ रात नौ दिन लामो बिस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो । जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ । प्रत्येक वर्ष चैतको अन्तिम दिन साँझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ । उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र वैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभेको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!