प्रहरी बर्दीमा पस्तोल देखाएर टिकटक बनाउने प्रहरी सईलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बोलाइएको छ।भक्तपुरमा कार्यरत प्रहरी सई रत्नबहादुर थापा र उनकी श्रीमतीको बर्दीमै टिकटक भिडिओ सार्वजनिक भएपछि डिआइजी विश्वराज पोखरेलले कार्यलयमा बोलाएका हुन्।दुई टिकटक भिडिओ दिलुमगर९१ अकाउन्टबाट सार्वजनिक भएको हो। एक भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडिओमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ।