आइतबार, फाल्गुण ११, २०७६ || 1170  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २३–२४मा भारत भ्रमणमा आउदैछन् ।

उनको स्वागतको लागि भव्य दिल्ली र अहमदाबादमा तयारी हुँदैछ । अन्य स्वागत तयारीका अतिरिक्त डोनाल्ड ट्रम्प र उनको परिवारले खाना खाने विशेष भाडाको बनिसकेको छ ।

जयपुरको अरुण पाबुवालले ट्रम्प र उनको परिवारको लागि सुन र चाँदीको जलप लगाइएको भाडा(क्रोकरी) तयार गरेका छन् । यी भाडाको डिजाइन धातुका सामाग्रीको डिजाइनमा सुपरिचित नाम अरुण पाबुवालले गरेका हुन् ।

पाबुवालका अनुसार यी खास क्रोकरीमा ट्रम्प र उनको परिवारले नास्ता, लञ्च र डिनर गर्नेछन् । यसमा कपसेटदेखि लिएर ड्राईफूड राख्ने कटलरी समेत रहेको छ ।

त्यस अतिरिक्त सुनको जलप लगाएको न्यापकिन सेटसमेत तयार गरिएको छ जसमा ट्रम्पका परिवारका सदस्यको नाम लेखिनेछ ।

यसलाई ‘ट्रम्प कलेक्शन’ नाम दिइएको छ । ३५ जनाको समूहले करिब तीन हप्तामा यसलाई तयार गरेका हुन् ।

निर्माणको क्रममा पहिले धातुबाट भाडाँ बनाइसकेपछि तीमाथि सुन र चाँदीको पत्र चडाइएको थियो ।

बाराक ओबामाको भ्रमणको समयमा पनि डिजाइन

पाबुवालले कुनै भीभीआईपी पाहुनको लागि विशेष क्रोकरी डिजाइन गरेको पहिलो पटक भने होइन ।

पाबुवालले यस अघि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको भारत भ्रमणमासमेत कयौं भीभीआईपी पाहुनाको लागि टेबल सामाग्री डिजाइन गरिसकेका छन् ।

यसबाहेक पाबुवाल क्रिकेट वल्र्ड कपदेखि लिएर ब्युटी कन्टेस्टको लागि ताजसम्म डिजाइनिङमा संलग्न भइसकेका छन् । यसैले उनलाई भीभीआईपी पाहुनाको लागि छनौट गरिएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!