हिपमत डटकम

शनिबार, माघ २९, २०७८ || 804  पटक पढिएको

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीको १२ वर्षे मकर मेलाको आज अन्तिम दिन। १२ वर्षमा एक पटकमात्र लाग्ने भएकोले आज पनौतीमा भक्तजनहरूको घुइँचो छ।

मेला हेर्नका लागि टाढा टाढाबाट मानिसहरू आएका छन्। आज अन्तिम दिन भएकोले गर्दा नै बनेपादेखि नै जाम छ। मानिसहरू पैदल हिँडेर नै मेला हेर्न जाँदैछन्। मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो।

जसले मकर मेला स्नान गर्दछ, त्यस मनुष्यको शरीरमा भएको रोग पखालिन्छ, मनमा भएको खोट, पाप नाश हुन्छ भन्ने पौराणिक कथन छ। हिन्दुशास्त्रका अनुसार सत्ययुगमा जब देवराज इन्द्रलाई शरीरमा श्राप जन्य रोग लागेको थियो, त्यस बखतमा पनौती उपासनाबाटै निको पारेका थिए भन्ने किम्बदन्ती छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!