हिपमत डटकम

बिहिबार, माघ ०६, २०७८ || 379  पटक पढिएको

मोरङ । मोरङ मोरङको कानेपोखारीमा अवस्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिले गत आर्थिक वर्षमा साढे ३१ बढीको वन पैदावार बिक्री गरेको छ ।

ग्रामीण सुधार क्षेत्रफलको हिसावले मोरङकै ठूलो सामुदायिक वन हो । सावउसको बुधबार २१ औं वार्षिक साधारणमा प्रस्तुत लेखापरीक्षण प्रतिवेशनमा काठ लगायत वन पैदावर बिक्रीबाट ३१ लाख ७१ हजार ७९७ रुपैयाँ, सेवा, सदस्यता, परिचयपत्र शूल्क, दण्ड जरिवाना लगायत ३६ लाख ३० हजार ९२० रुपैया ५० पैसा आम्दानि रहेको उल्लेख छ । जसमध्ये २८ लाख ८३ हजार ५९६ रुपैया ८ पैसा खर्च भएर ७ लाख ४७ हजार ३२४ रुपैया ४२ पैसा बचत रहेको प्रतिवेदनमा उल्लेख छ । यो गत आर्थिक बर्षसम्मको हिसाव हो ।

ग्रामीण सुधार सामुदायिक वनमा उपभोक्तावीच आर्थिक किचलो र वैज्ञानिक वन कार्यविधि खारेजीहुँदा लामो समयदेखि वन पैदावर बिक्री भएको थिएन । आन्तरिक समस्याकै कारण वनको बैंक खाता सब डिभिजन वन कार्यालय कानेपोखरीको शिफारिसमा मात्र सञ्चालन हुँदै आएको छ ।

बुधबार भएको बार्षिक साधारणसभाको उद्घाटन सत्रमा समूहका अध्यक्ष नवीन राईले कार्यप्रगति प्रतिवेदन र विधान संशोधन, देबेन्द्र थावाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

खाली क्षेत्रमा वृक्ष रोपन गर्ने, उपभोक्ताहरुको लागि समिल स्थापना गर्ने, कानेपोखारी, भलुवा सिमसार लगायतको पर्यटकीय क्षेत्रको विकासमा जोड गर्ने, बैंक खाता सब डिभिजन कार्यालयको शिफरिस बिना सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने लगायतको प्रस्ताव अध्यक्ष नवीन राईद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी अध्यक्षद्वारा प्रस्तुत सरकारले काठको मूल्य बढाएकोले उपभोक्ताको लागि प्रति किबी १०० वृद्धि गर्ने, कर्मचारीको तलब वृद्धि गर्ने, तीन बर्ष अघिदेखि निकाल्न नपाएको ढलापडा, सुक्खा खडा र सिसौको रुखहरु संकलन गर्न प्रकृया अघि बढाउने लगायतको प्रस्तावहरु पारित भएको छ ।

कोषाध्यक्ष देबेन्द्र थावाद्वारा प्रस्तुत प्रतिवेदनमा प्राप्त आम्दानि वन विकास, महिला शसक्तिकरण, सामुदायिक बिकास, कार्यालय ब्यवस्थापन, ऋण फिर्ता, गाउँपालिका कर लगायतमा खर्च शिर्षक देखाइएको छ ।

कार्यक्रममा कानेपोखारी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले, सामुदायिक वन उपभोक्ता महासंघ १ नम्बर प्रदेश महासचिव अग्नि पौडेल, जिल्ला उपाध्यक्ष शुभद्रा भट्टराई, सब डिभिजन वन कार्यालय कानेपोखरी प्रमुख तुलशी यादव, नेपाली काग्रेसको योगेन्द्र दाहाल, एमाले पालिका अध्यक्ष शुसिल बुढाथोकी, माओवादी केन्द्रको अध्यक्ष मनोज राजवंशी, नेकपा समाजवादीको भूमि पराजुली, ९ नम्बर बडा अध्यक्ष मोहनप्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य दिएका थिए । वनको ८३९ हेक्टर क्षेत्रफल रहेको छ भने क, ख र ग गरी ४ हजार ८८६ उपभोक्ताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!