आमा नाम सापट लिएर दिपेन्द्र के.खनाल निर्देशित फिल्म ‘आमा’को निर्माण पक्षले दर्शकमाझ नयाँ स्किम ल्याएको छ । नयाँ गरिएको घोषणा अनुसार काठमाण्डौमा अबस्थित केही हलहरुमा आफ्नी आमाका साथमा फिल्म हेर्न गएमा निःशुल्क हेर्न पाइने बताइएको छ ।
काठमाण्डौको जय नेपाल हलमा ११ : ४५ बजे, क्युज हलमा १०: 45 बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका हुन । दीपेन्द्र के खनालका अनुसार –‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं ।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागु हुने उनको भनाई छ ।
सर्मिला पाण्डेले निर्माण गरेको फिल्म आमा मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ । फिल्मको राजधानीका केही मल्टिप्लेक्समा बुकिङ समेत राम्रो भैरहेको छ भने आमाको ट्रेलरले केहि समय अघि नै तहल्का मच्चाईसकेको छ ।