हिपमत डटकम

सोमबार, माघ ०३, २०७८ || 346  पटक पढिएको

सिरह। सिरहाको मिर्चैयामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय योग दिवसको उपलक्ष्यमा नगर पतंजलि याेग समिति मिर्चैयाकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सिरहाको मिर्चैया लगायत बिभिन्न स्थानहरुमा कराेना महामारीको समयमा रगतको अभाबले रोगीहरुको जान गमाउनु परिरहेको कुरालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको नगर पतंजलि याेग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंहले जानकारी दिए ।

नगर याेग समिति मिर्चैयाले अहिले सम्म सयजना भन्दा बढी बिरामीहरुलाई रगतको आबश्यत्ता भएको बेला रगत उपलब्ध गरिदिनको लागी सिफारिस गरि पठाईएको मिर्चैया नगर याेग समितिका उपाध्यक्ष भरथ महासेठलेबताए । नेपाल रेडक्रस सोसाइटी मिर्चैया उपशाखामा रोगीहरुको लागी चाहिने रगतको अभाव भएकोले मिर्चैयामा सक्रिय रहेको बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि रक्तदान कार्यक्रमको आयेजना गरिरहको नेपाल रेडक्रस सोसाइटी मिर्चैया पउशाखाका सभापति जीवन श्रेष्ठले बताए ।
उक्त रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन ।

नगर पतंजलि याेग समिति मिर्चैयाले रगत अभाबको मध्यनजर गर्दै बिगत बर्षमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
रक्त दान कार्यक्रममा नगर पतंजलि याेग समिति मिर्चैयाका सदस्यहरूले पनि रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा मिर्चैया याेग समितिका अध्यक्ष अकलदेव सिंह नेपाल रेडक्रस सोसाईटीमिर्चैया उपशाखाका सभापति जीवन श्रेष्ठ लगायत स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!