सन्तोष कुमार बास्तोला

सोमबार, पौष २६, २०७८ || 581  पटक पढिएको

बिराटनगर / मोरङमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढ्दै छ । बितेको २४ घण्टामा मोरङमा मात्रै ७२ जनामा कोरोना संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यका पछि मोरङमा सबै भन्दा धेरै कोरोना संक्रमण देखिएको हो।

भारतसंग खुल्ला सिमा नाका र मानिसहरुको धेरै आवत जावत हुने गरेको मोरङमा कोरोना संक्रमण दिनप्रतिदिन फैलिने क्रममा छ । यसरि नै संक्रमण बढ्दै जाने हो भने मोरङको जन जीवन धेरै प्रभावित हुने देखिन्छ। नेपाल भारत सिमा नाक रानी ,लगायत साना साना नाकाहरुबाट दैनिक हजारौ मानिशहरुको आवत जावत हुने गर्दछ जसले गर्दा मोरंगमा कोरोना संक्रमणले भयावाहक रुप लिन सक्ने डाक्टरहरुको भनाई छ।

कोरोना संक्रमण फैलिनु भन्दा अगाबै कोरोनाको जोखिमको न्यूनीकरण गर्न प्रदेश सरकार तथा स्थानिय सरकारले ब्यापक रुपमा पुर्व तयारि गर्नु पर्ने थियो तर अहिलेसम्म नाता प्रदेश सरकार नत स्थानिय सरकार कसैले पनि पुर्व तयारी गरेको पाईदैन। सरकारले बिद्यालय बन्द गर्नुभन्दा पनि सिमा नाका बन्द गर्नु पर्ने जोडदार माग उठिरहेको छ। कोरोना स्कुलबाट होइन छिमेकि राष्टबाटआउदैछ। यस बिषयमा सरकार गम्भिर हुनुपर्ने देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरि ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ, भने २५५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!