महालक्ष्मी नगरपालिका-१ ईमाडोल नयाँबस्ती डेरा गरी बस्ने प्युठान घर भएकी ३८ वर्षीया बिमला बनजांडे ( बिष्टको) कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ७ लाख ८८ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
उनको कोठामा कोही नभएको अवस्थामा अपरिचित मानिसहरुले कोठाबाट उक्त धनमाल चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।