दक्षिणपश्चिम नाइजेरियाको ओगुन राज्यमा शनिबार दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा छ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।
गलत तरिकाबाट ओभरटेकिंग र नियन्त्रण गुमाउँदा दुर्घटना भएको ओगुन राज्यको फेडरल रोड सेफ्टी कोर्प्सका कमाण्डर अहमद उमरले राज्यको ओटा सहरमा पत्रकारहरूलाई बताएका छन् । यस दुर्घटनामा कूल १८ व्यक्ति संलग्न रहेका पनि उनले बताएका छन् ।
घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको र मृतकको शव पहिचानका लागि सोही अस्पतालमा राखिएको उमरले बताएका छन् । विशेष गरी चाडपर्वको समयमा उच्च सवारी साधन चल्ने समयमा खतरनाक सवारी नचलाउन सवारी चालकलाई चेतावनी दिइएको पनि उनले बताएका छन् ।
ओभरलोडिङ, खराब सडक अवस्था, र चालकले लापरवाह गरी सवारीसाधन चलाउने नै सडक दुर्घटनाका प्रमुख कारणहरु रहेका अनुसन्धानकर्ताको भनाई रहेको छ ।