हिपमत डटकम

आइतबार, पौष ०४, २०७८ || 385  पटक पढिएको

रौतहटको माधवनारायण नगरपालिका वडा नं.३ सुकदेव चौकमा रहेको एक ईटा उद्योग कारखानाले आम उपभोक्तालाई ठग्ने कार्य सुरु गरेको छ । एक नंबर एउटा ईटाको मुल्य लगभग १२ रुपैयाँ पर्ने, तर उपभोक्ताले सो ईटा उधोगबाट ईटा खरिद गर्दा प्रती ट्याक्टरमा २ सय देखि ३ सय सम्म ईटा कम पठाई उपभोक्ता ठग्ने गोरख धन्दा सो ईटा भठ्ठाका संचालकले सुरु गरेका छन्।

प्रोप्राइटर उमाकान्त बैठाको नाममा रहेको संजय ईटा उद्योग नामक चिमनी भट्टाले उत्पादन गरेको ईटा गुणस्तरहीन रहेको एक उपभोक्ताले बताए । अहिले संजय ईटाको मुल्य एक ट्रेक्टर अर्थात २ हजार ईटाको १२ हजारको दरले २४ हजार लिने गरेको छ । संचालक बैठाले एक नंबर ईटाको रकम उपभोक्ता संग पहिलै लिई २ सय देखि ३ सय ईटा दुई नम्बर मिक्स गरि आम उपभोक्तालाई ठग्ने कार्य गरिरहेको उपभोक्ता अजय यादव बताएका छन।

अजय यादव भन्छन्: ईटा किन्दा अगाडि पूरा पैसा लिने र यी ईटा कम्पनीले प्रत्येक एक ट्रेक्टर ईटा लगभग २ देखि ३ सय ईटा कम दिई ठगिदै आएका छन् । यो व्यस्त दुनियामा पनि कसै संग प्रत्येक ट्रेक्टरको इटा गन्ने समय नरहेको खण्डमा संचालक बैठाले पुरै पैसा लिई ईटा नै कम पठाउने खोरख धन्दा सुरु गरेको हो। पसिना बगाई कमाएको पैसाबाट जसरी त्यसरी घर बनाउन लाग्ने आम गरिब नागरिकले विश्वास गरि इटा साउकै भरोसामा ईटा खसाउँदा संचालक बैठाले भरोसाकै भरमा लाखौं रुपैयाँ ठग्दै गरेको एक उपभोक्ताले बताएका छन्। यदि यसरी ईटा उद्योगहरुले आम उपभोक्तालाई ठगिदै रहयो भने उनीहरु माथीबाट विश्वास उठछ ।

रौतहटमा दर्जनौं ईटा उधोगका संचालकहरुले तल्लो देखि माथि सम्मको सेटिङ्गमा वायु प्रदुशन फैलाई रहेको देखिएको हो। ईटा उधोग खोल्दा संचालकहरुले सानो फर्मालिटी पुर्याई रौतहटमा दर्जनौं ईटा भट्टा खोलेको हुँदा रौतहटमा वायु प्रदुशन फैलाईरहेको र सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयहरु बताउँछन् । यस बिषयमा संचालक संग सोधपुछ गर्दा संचालक बैठाले यसमा हाम्रो कुनै गल्ती नरहेको र लोड गर्ने लेवरहरु हुन्छन्,उनिहरुले नै यस्तो गल्ती गर्छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!