बिराटनगर। दुवै मिर्गौला खराब भएका अर्जुनलाई उपचारकोलागी प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालले रु ५० हजार सहयोग गरेको छ ।
दुबै मिर्गौला फेल भएर काठमाडौस्थित काठमाडौ मेडिकल कलेज सिनामंगलमा उपचाररत अर्जुनलाई उपचारका लागि आर्थिक सहयोग गरिएको हो । अर्जुन सरदारको उपचारमा आर्थिक समस्या परेको खबर पाउन साथ पत्रकार बिरेन्द्र कुमार शाह र उनको टिमले अर्जुनको उपचारको अभियानमा लागेका थिए। सो अभियानलाई हेरेर बिदेशमा बसेर पनि नेपालको हरेक कुनामा समस्यामा परेको ब्यक्तिहरुलाई सहयोग गर्दै आईरहेको प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालले सहयोग का लागि हात बढाएका
थिए । पत्रकार बिरेन्द्र कुमार शाह र उनको टिमले अर्जुन सरदारको आमा बुवालाई काठमाडौ मेडिकल कलेजमा नै पुगेर पैसा हस्तान्तरण गरेका छन् ।
ईटहरि उपमहानगरपालिका निवासी २५ बर्षिय अर्जुन सरदार तिन महिना अघि देखि मिर्गौला को समस्या झेल्दै आइ रहेका थिए तर आर्थिक अभावको कारण मिर्गौला ट्रान्सप्लान्ट गर्न नसकेको उनले बताए ।
मिर्गौलाको डायलोसिस गर्दागर्दै भएको सबै पैसा जायजेथासमेत बेचेर पनि उपचार हुन नसकेकाले थप उपचार र मिर्गौला ट्रान्सप्लान्टका लागि सहयोग गरिदिन उनका आमा बुवाले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आग्रह गरे । अस्पतालका अनुसार मिर्गौला ट्रान्सप्लान्ट गर्न करीब ३० लाख रुपैयाँ लाग्छ ।
मिर्गौला ट्रान्सप्लान्ट गर्ने आशामा बसेका उनको हाल हरेक ३/४ दिनमा डायलोसिस गर्नुपर्ने अवस्था रहेको बताए । प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालको अभियानबाट ५० हजार सहयोग आयेसी अब चै उपचार हुन्छ भन्ने आस पलाएको अर्जुनको परिवारले बताए । पैसा न भएर के गरम भन्ने अवस्था मा यसरि अभियान चलाएर पैसा दिदा बच्ने आस आएको र यसरीनै सबैले सहयोग गरि दिएर आफ्नो ज्यान बचाई दिन उनले सबै नेपालीमा अनुरोध गरे।
नेपाली भएर बिदेसमा ज्याला मजदुरी गरेर गुजारा चलाउने र नेपाल र नेपाली लाई दुखेको बेला आफ्नो गास काटेर सहयोग गर्न कहिले
पछाडी न हट्ने प्रवासी सरदार बाँतर युवा एकता समाजका सहयोगी हरुको नामावली –
१) प्रबिन सरदार , कन्चनरुप ९ सप्तरी ,हाल = पोल्यान्ड बाट सहयोग रकम रु . ५०००/-
२) सिताराम सरदार , शम्भुनाथ १० सप्तरी , हाल = कतार सहयोग रकम रु. ३१००/-
३) असे सरदार , रंगेली २ मोरङ्ग ,
हाल = मलेसिया , सहयोग रकम रु. ५६००/-
४) वसन्त सरदार , ईटहरी १४ सुनसरी ,,हाल = मलेसिया सहयोग रकम रु.४२००/-
५) लुजाई सरदार ,सोनापुर २ सुनसरी ,हाल = मलेसिया सहयोग रकम रु.५३८६/-
६) ममता सरदार , ईनरुवा १० सुनसरी , हाल = बिराटनगर सहयोग रकम रु.१०००/-
७) सोना देवी सरदार , ईनरुवा १० सुनसरी जल्पापुर बाट सहयोग रकम रु.१०००/-
८) चनरी कुमारी सरदार , ईनरुवा १० जल्पापुर बाट सहयोग रकम रु.१०००/-
९) अभिनन्दन सरदार , धनपालथान ५ मोरङ्ग ,हाल = बिराटनगर सहयोग रकम रु.१०००/-
१०) रामप्रकाश सरदार, धनपालथान ५ मोरङ्ग , हाल=साउदी सहयोग रकम रु.३०००/-
११) उमेश सरदार , ईनरुवा ७ सुनसरी ,हाल= ईटहरी सहयोग रकम रु.१०००/-
१२) सुन्दर सरदार , शम्भुनाथ २ सप्तरी , हाल= मलेसिया सहयोग रकम रु.५०५०/-
१३) राजन सरदार , ईनरुवा १० सुनसरी , हाल = काठमाडौं सहयोग रकम रु.१०००/-
कोषाध्यक्ष
१४) सुनिता कुमारी सरदार , बर्जु ६ चिम्डी सुनसरी , हाल = बिराटनगर सहयोग रकम रु.१०००/-
उपाध्यक्ष
१५) जुगतलाल सरदार ,कटहरी ७ मोरङ्ग,,हाल= मलेसिया, सहयोग रकम रु.३०००/-
१६) रमेश सरदार , भंगहा ४ महोत्तरी , हाल = मलेसिया सहयोग रकम रु. ३०००/-
महासचिव
१६) प्रविन सरदार , भंगहा १ महोत्तरी , हाल = मलेसिया सहयोग रकम रु.५०००/-
सचिव
१७) चन्दन सरदार , धनपालथान ५ मोरङ्ग ,,हाल मलेसिया सहयोग रकम रु. ५०५०/-
अध्यक्ष
१८) रंजित सरदार , ईनरुवा १० सुनसरी , हाल = मलेसिया सहयोग रकम रु.५०५०/-
यो पहिलो चरणको सहयोग हो हामी थापा अर्को सहयोग पनि गर्ने छौ सस्थाका अध्यक्ष रंजित सरदार र सचिब चन्दन सरदारले बताए।