रिलिजको तयारी रहेको चलचित्र धुलोको टेलर सार्वजनिक भएको छ। श्रमिक मजदुर र सामाजिक विषयवस्तु कथामा निर्माण गरिएको यस चलचित्रका निर्देशक टेलिभिजन कर्मी प्रद्युम्न मिश्र हुन् । रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई मिहिन ढंगले प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, सुमन घिमिरे,अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भुमिकामा छन् ।
नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा को पनि विशेष भुमिका रहेको छ । दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन। चलचित्रको निर्माण संयोजकमा सुमन घिमिरे रहेका छन्। चलचित्रमा समावेश गीतमा केशव मिश्रको शब्द साथै शिव परियार,रेजिना रिमाल,युवराज चौलागाईं,मनोज राजको स्वर रहेको छ । सुवास सिंह बस्न्यातको लेखन,रविन आचार्यको छायांकन,अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गरेका छन । चलचित्रलाई आरआर फिल्मले बितरण गर्दैछ । चलचित्र ग्लोबल फिल्मस् फेस्टिवल सिकिम २०२० मा छनोट भएको निर्देशक प्रधुन्न मिश्रले सिनेकलालाइ बताए।