विराटनगर २६ मंसिर । अप्पन ब्राह्मण समाज विराटनगरले विविध कार्यक्रमको आयोजना गरी विद्यापति स्मृति पर्व समारोह मनाएको छ । कविकोकिल माहकवि विद्यापतिको स्मृतिमा सो समारोह मनाइएको हो । कार्यक्रममा बाबा विद्यापतिको कृतिहरुबारे चर्चापरिचर्चा गरिएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष कुमुदमोहन झाले बाबा विद्यापतिको जन्म देखि देहावसान सम्मको जीवन यात्रा तथा कृतिहरुबारे चर्चा गरका थिए । उनले केही रचनाहरु गाएर बाबा विद्यापतिलाई स्मरण गरेका थिए ।
मैथिली भाषा, कला–संस्कृति र साहित्यको जगेर्नागर्ने उद्धेश्यले आयोजना गरिएको सो समारोहमा मैथिली साहित्य अभियानका संयोजक कर्ण संजय, शिवनारायण पण्डित ‘सिंगल’, बन्दना चौधरी, प्रतिभा झा, पंकज झा तथा प्रेमनारायण झा लगायतका कविहरुले कविता वाचन गरेका थिए ।
यस्तै चर्चित गायकहरु वीरेन्द्र झा, मनोज भोला यादव, प्रवीण चौधरी, सिद्धार्थ, सिद्धु, विद्या मिश्र तथा कविता झा ले विद्यापति रचित गीतका साथै आधुनिक मैथिली गीत संगित प्रस्तुत गरेका थिए भने विराट जागृतिकला केन्द्रका कलाकारहरुले मैथिली लोकगीतमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै साहित्यकार परमेश्वर कापडि, डाक्टर केएन ठाकुर, आयोजक संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीरमण झा, विरेन्द्र कुमार झा तथा एसएस ठाकुर लगायतका वक्ताहरुले पछिल्लो समय ब्यक्ति परिवारमुखीमात्र हुँदै गएकोमा भाषासंस्कृति र कलाको जगेर्नागर्न सबैले समाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बिषयमा जोड दिए ।
अप्पन ब्राह्मण समाजका अध्यक्ष कुमुद मोहन झाको अध्यक्षतामा भएको सो कार्यक्रमको उदेघाटन सत्रको संचालन सुजित कुमर चौधरीले गरेक थिए भने कवि गोष्ठी एवं साँस्कृतिक कार्यक्रमको संचालन प्रकाश प्रेमीले गरेका थिए ।