हिपमत डटकम

शुक्रबार, मंसिर २४, २०७८ || 655  पटक पढिएको

कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा न ७ मा रहेको लान्द्रुकमा यति बेला भिर मौरीको मह काढ्ने महोत्सव चलिरहेको छ।

पर्यटकीय गन्तव्यको रुपमा चिनिदै आएको लान्द्रुकमा थप पर्यटक भित्राउने उदेश्यका साथ् २१ गते देखि २३ गते सम्म भिर मौरीको मह काढ्ने महोत्सव आयोजना गरिएको हो ।

बिगत लामो समय देखि लान्द्रुकवासीले भिर मौरीको मह काढ्दै आएका थिए। पहिला गाउका केहि मानिसहरु मिलेर यो कार्य गर्दै आएका थिए । अहिले यसलाई थप प्रवर्धन गर्नको लागि महोत्सव नै आयोजना गरिएको हो। यस महोत्सवमा अन्नपूर्ण गाउपालिका द्वारा आर्थीक सहयोग भएको छ भने यति बेला लान्द्रुकका होटल तथा होम्स्टे पर्यटकले भरिएका छन्।

पर्यटकहरु बिहानमा हिमालको दृश्य अवलोकन संगै गाउ अवलोकन गर्छन भने दिउसोमा भिरमा मह काढ्दै गरेको दृश्य हेर्दै रातीमा रात्रीकालिन सास्कृतिक कार्यक्रममा रमाउने गरेका छन्। कोरोना संक्रमणका कारण रोकिएको पर्यटन व्यवसायहरु यति बेला उठ्ने जमर्को भैरहेको छ।

त्यस्तै आफुहरुले सोचेको भन्दा बढी मानिसहरु महोत्सवको अवलोकन गर्न आएपछि आयोजकले महोत्सवलाई एक दिन थप गरी २४ गते सम्मको लागि बढाएका छन्। घान्द्रुकको नजिकै रहेको लान्द्रुक गाउमा महोत्सव हुदै गर्दा यतिबेला गाउका मानिसहरु पनि पर्यटकको चहलपल बढ्दा निकै उत्साहित भएको पाइएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!