मकालु गाउँपालिका-५ चौलाखर्क बस्ने हर्क बहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङको घर नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
पोखरीमा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।