गलवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले गिरावट आएको हो ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।