सोमबार, फाल्गुण ०५, २०७६ || 922  पटक पढिएको

दिवेश पोखरेल नेपाली ठिटो हुन । तर यतिबेला उनको पहिचान बदलिएको छ र उनी अमेरिकन आइडलको मञ्चमा देखिने छन् ।
स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको हो । अडिसन अघि उनीबारे दिइएको परिचयमा उनले नेपालमा हुर्किएको बताउँदै नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाएका छन् । उनले भनेका छन्, ‘नेपालमा जताततै हिमाल, पहाड देख्न सकिन्छ । यहाँका सबै मानिस निकै मिलनसार हुनुहुन्छ । हो, यो निकै उत्कृष्ट स्थल हो ।’

आफू निकै सानो हुँदादेखि नै संगीतप्रति आकर्षित भएको उनले बताएका छन् । पहिलो गितार आफ्नी आमामार्फत् पाएको र गितार हातमा आएदेखि नै रेडियो, टिभीमा बजेका गीतहरु बजाउन थालेको उनले जानकारी दिए ।
नेपालमा प्लस टु पास गरेपछि आफू अमेरिका हानिएको पनि उनले बताए । अमेरिकालाई उनले अवसरहरुको महान् भूमि बताएका छन् । अमेरिकामा पुगेपछि उनले आफूले कहिले पनि नसुनेको गीतहरु सुनेको र आफू यसैमा चुम्बक झैं आकर्षित भएको उनले बताए ।
अडिसन अघि कस्तो महसुस भइरहेको छ भनेर प्रश्न सोध्दा उनले हाँस्दै भने, ‘१० प्रतिशत नर्भस छु र ९० प्रतिशत उत्साहित छु ।’
तीनजना निर्णायकलाई भेट्ने बित्तिकै उनले ‘नमस्ते’ भन्दै अभिवादन गर्छन् । जवाफमा निर्णायकमा रहेकी गायिका केटी पेरीले दुई हात जोडेर नमस्ते फर्काउँछिन् ।

त्यसपछि केटी पेरीले उनलाई उनको नामको अर्थ सोध्छिन् । जवाफमा उनले भन्छन्, ‘प्रकाश’ । त्यसपछि केटी पेरीले थप्छिन्, ‘यसको अर्थ तिमी ‘द बेस्ट’ हौ ।
अडिसनमा दुईवटा गीत गाउँछन् । सुरुमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ गाउँछन् । त्यसपछि उनलाई अर्को गीत गाउन भनिन्छ । यसपटक केटी पेरीले एउटा माग राख्छिन्, ‘यसपटक गाउँदा तिमी आँखा खोलेर कि त हामीलाई हेर, कि गितारलाई’ । दोस्रो गीत उनले क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ गाउँछन्, निकै हाँसीहाँसी केटी पेरीले भने जसरी ।

https://www.facebook.com/lukebryan/videos/231367477867469/

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!