चलचित्र विकास बोर्डका अध्यक्ष तथा फिल्म निर्माता स्वर्गीय केशव भट्टराईको परिवारलाई फिल्म ‘आमा’को तर्फबाट निर्माता शर्मिला पाण्डेले आर्थिक सहयोग गरेकी छिन् ।आइतबार फिल्मका निर्देशक दीपेन्द्र के खनाल, कलाकार मिथिला शर्मा सहित केशवकी पत्नी नीता भट्टराईलाई भेटेर पाण्डेले नगद १ लाख १ हजार सहयोग गरेकी हुन् ।भट्टराइको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको समाचार मिडियाबाट थाहा पाएर आफु सहयोग गर्न आएको पाण्डेले सो अवसरमा बताइन् । ‘म पनि एउटी आमा भएकाले आमाको मर्म वुझेकी छु,’ पाण्डेले थपिन् ।आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको हो फिल्म ‘आमा’ । सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।