विराटनगर । विराटनगर महानगरपालिका १४ जतुवा स्थित श्रीकृष्ण गो सेवा सदनले प्रदेश एकका समाजिक विकास मन्त्री जयराम यादवलाई सम्मान गरेको छ । अज शुक्रबार गोपाष्टमी पर्वको अवसरमा मन्त्री यादवलाई सम्मान गरिएको हो ।
कार्तिक शुक्ल पक्षको अष्टमी तिथीका दिन गोपाष्टमी पर्व मनाइन्छ । यस पर्वमा गाईको विशेष पूजा गर्ने भएकोले गोपाष्टमी पर्व भनिएको हो । श्रीकृष्ण गो सेवा सदनद्वारा संचालित यस गौशालामा प्रत्येक वर्ष गोपाष्टमी पर्व मनाइने परमपरा रहेको गो सेवा सदनका सचिव समाजसेवी बनीगोपाल मून्दड़ाले जानकारी दिए । उनले “गोपाष्टमी पर्वको शुभअवसरमा मन्त्रीज्यूलाई स्वागत सम्मान गर्न पाउँदा हामी हर्षित भएका छौ ।” बताए ।
श्रीकृष्ण गो सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवाल तथा पूर्व अध्यक्षद्वय ताराचन्द खेतान र सुरेशकुमार शर्माले संयुक्त रुपमा मन्त्री यादवलाई सम्मान गरेका थिए । उनलाई रुद्रक्षको माला र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री यादबले गोपाष्टमीको शुभकामना दिंदै यो गैशाला हाम्रै गाउँ जतुवामा रहेकोले मेरो पहिलो र प्रमुख प्राथमिक्ता गौशाला नै रहेको बताए । उनले समाजिक विकास मन्त्रालयबाट भए सोहीबाट नत्र कृषि मन्त्रालयबाट भए पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गौसालका अवस्था र व्यवस्थाबारे अध्यक्ष अग्रवालले जानकारी गरएका थिए । उनले यो गौसाल विराटनगरका गौरव रहेकोले समय सापेक्ष अत्याधिुनिक रुपमा स्तरोन्नती गर्न प्रदेश सरकार र केन्द्र सरकार संग बजेट उपलब्ध गराइ दिन मांग गरेका थिए । अध्यक्ष अग्रवालले यस गौशाला संचालनमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका थिए ।
वि.सं.२०४५ सालमा स्थापना भएको यस गौसालामा अहिले २०० वटा गाईहरु रहेका छन् । सचिव मून्दड़ाका अनुसार विराटनगर क्षेत्र भित्रका हिन्दुधर्म प्रति आस्था राख्ने समाजसेवी तथा उद्योगपतिहरुको आर्थिक सहयोगमा गौशाला संचालन भई रहेको छ । उनले गौशाला संचालन भएको तीन दशकको अबधीमा सरकारी गैरसरकारी निकायका पदाधिकारीहरुले निरिक्षण गरेपनि उनीहरुले दिएको आश्वासन आश्वासनमै समिति भएको गुनासो व्यक्त गरे ।
यस गौसालामा स्थापित ‘गोबर ग्यास प्लान्ट’ को उद्घाटन २०७५ भदौ ५ गते मंगलबारका दिन तत्कालीन प्रधानमन्त्री केपी र्शमा ओलीले गर्नु भएको थियो । शुरुका केही दिन प्लान्ट संचलन भएपनि प्रबिधिक कारणले त्यतीबेला नै रोकिएको थियो । प्लान्ट रोकिएको समाचार पटक पटक विभिन्न संचार माध्यमले सम्प्रेशन गरेपनि सम्बन्धित नियकको उदासिनताले संचालन हुन सकेको छैन । घर–घरमा पाइपबाट ग्यास पु्र्याउने तत्कालीन प्रधानमन्त्री ओलीको अभिव्यक्ति यस प्लान्ट उद्घाटनको बेला तिव्रता पाएका थिए तर, बन्द भएसंगै सपना बाट ब्युझिएको जस्तो भएको छ ।