हिपमत डटकम

शुक्रबार, कार्तिक २६, २०७८ || 528  पटक पढिएको

नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् ।

उनीहरुले अरु ४८ बन्दुधकारीलाई पक्राउ पनि गरेको सैन्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । त्यसैगरी बन्दुकधारीहरुबाट अपहरमा परेका ४२ लाई पनि सुरक्षाकर्मीहरुले रिहा गराएका छन् । मारिएका, पक्राउ परेका र रिहा भएकाहरुको यो सङ्ख्या गत अक्टोबर २९ देखि गत बिहीबारम्मको हो ।

राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता बेर्नार्ड ओनीएउकोले सरकारी सुरक्षाकर्मीलाई सफलता प्रान्त भइरहेको र बन्दुकधारीहरुलाई निस्तेज पार्दै गएको दाबी गरे । सुरक्षाकर्मीहरुले हवाई आक्रमण समेत गरेका थिए ।

उनीहरुले आपराधिक तथा हिंसात्मक गतिविधिका विरुद्धमा कारवाही अभियान जारी रहने पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!