विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली दिउँसो करिब ११ बजे देखि दण्डप्रणम गर्दे छठ घाट सम्मको यात्रा शुरु गरेका छन् । उनी १८ औं पटक दण्डप्रणामलाई निरन्तरता दिएका हुन् ।
मेयर पराजुली महानगरवासीको शुख, शान्ति, समृद्धि, आरोग्य सहित जनकल्याण र विश्वशान्तिको लागि आफ्नो कठिन उपासनालाई निरन्तरता दिएका हुन् ।
मेयर पराजुली करिब ३ किलोमिटर सम्म दण्डप्रणम गर्दै सिघिंया खोला स्थित परोपकार घाट पुगेर सूर्यलाई अर्घ दिने उनका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार उनी शिव पाञ्चायन मन्दिरबाट दण्डप्रणाम गर्दै सिघिंया खोला स्थित छठ घाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् । मेयर पराजुलीको दण्ड प्रणम यात्रा शुरु भई सकेको उनले बताए ।