हिपमत डटकम

बुधबार, कार्तिक २४, २०७८ || 824  पटक पढिएको

विराटनगर । हिन्दु धर्मावलम्बीहरूले एकैठाउंमा उभिएर श्रद्वापूर्वक सुर्य भगवानलाई अर्घ दिएर मनाउने छठ पूजापाठकाे लागि घाट तयारी अवस्थामा रहेको छ ।

प्रदेश नं. १ काे राजधानी विराटनगर महानगरपालिकाकाे पुर्वमा रहेकाे सिघिया खाेला र पश्चिममा रहेकाे केशलिया खाेला, सुनसरी माेरंग सिचाई आयाेजनाकाे नहर, पाेखरी, ताल, आफैले बनाएको जलाशयलाई केराकाे बाेट, फूलमाला, विजुलीबत्ती, लगाएर झिलीमिली पारी सिङ्गारिएको छ ।

हुन त छठ पर्वका विधीविधान तीन दिन अगाडिदेखि नै शुरू भइसकेको छ तर मुख्यतः जलाशयमा गएर सुर्य भगवानलाई पूजाअर्चना अर्घ दिन केही घण्टा मात्र बांकी छ ।

छठ पूजापाठकाे लागि पूजन सामग्रीहरूः– छठ पर्वमा चाहिने पूजन सामग्रीहरूमा ६० किसिमको चीजबीजको विधिविधान निर्धारित गरिएको छ तर यो सबै अचेल सम्भव नभएकोले ’अभावेशाली चूर्णम’को विधि अपनाइन्छ अर्थात् सबै व्रतालुहरूले आफूले सकेसम्म जति सम्भव हुन्छ त्यत्तिनै सामग्रीहरूको सरजाम जोडेर पूजाआजा गर्ने गर्दछन् ।

पारिवारिक सुख, स्वास्थ्य र कल्याणको लागि गरिने छठ व्रतमा मुख्यतः गहुँ र गुडको मिश्रण गरेर तयार पारिएको ठेकुवा (खजुरिया) र चामलको पिठो र सक्खर मिलाएर पकाएको कसार (भुसवाको) बाहेक केरा, नरिवल, उँखु, कागती, भोगटे, सक्खरखण्ड, अदुवा, बेसार, पान, मखाना र मिष्ठान्न आदिकोविविध प्रकारको प्रावधान गरिएको छ ।

मौसमी फलफूलहरू र वनस्पातिक वस्तुहरूको बाहुल्य पाइन्छ किनभने सम्पूर्ण मिथिलाञ्चल शतप्रतिशत कृषि प्रधान प्रदेश रहेको छ । यसमा धानजस्तो अन्न गमढीको मगमगाउँदो बास्नायुक्त खीर शुद्ध मानिन्छ ।

यी सामग्रीको साथ आज वेलुका अस्ताउंदाे सुर्यलाई र भाेली उदाउँदो सुर्यलाई अर्घ दिएर सम्पन्न गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!