आइतबार, फाल्गुण ०४, २०७६ || 1376  पटक पढिएको

मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिंदै आएको छ । मोरङ उर्लाबारी–८ राजघाटका किसान देवीप्रसाद लामिछानेले पालेको बाछीले नब्याई दूध दिन थालेको हो । ४ बर्ष उमेरको सो बाछीले साढे २ बर्ष अघिबाट नै नियमित दूध दिदै आएको छ ।

आफैले पालेको होलस्टेन जातको गाईबाट ब्याएको सो बाछीले बिहानबेलुकी गरेर नियमित ५ लिटर दुध दिंदै आएको छ । होलस्टेनको बिउबाट लोकल गाईसंग क्रस गराएर नश्ल सुधारगरि जन्मिएको सो बाछी ८ महिनाकै उमेरमा अस्वाभाविक गतिविधि देखाउन थालेको गाई पालक किसान देवीप्रसाद लामिछानेले जानकारी दिए ।

उनले सानै उमेरमा बाछी कराउन थालेपछि आफुले पशु चिकित्सकलाई बोलाउदा गर्भधारण गराउने उमेर नपुगेको चिकित्सकले सल्लाह दिएको लामिछानेले जानकारी दिए । त्यसको केहि समयपछि गाई सिकिस्त विरामी परेको र सो समयमा उपचार गराउदा केहि औषधिहरु खुवाएको लामिछानेले बताए । औषधि खुवाएको केहिदिन पछि बाछी दूध दिने लक्षण देखिन थालेको ७९ बर्षिय किसान लामिछानेको भनाई छ । गोठमा रहेको माउ गाईसंगै कोरली बाछीले समेत नियमित दुध दिन थालेपछि घरमा हुने खपत भन्दा बढी भएको दूध लामिछाने परिवारले छरछिमेकमा बिक्री गर्दै आएका छन ।

शुरुशुरुमा कोरली बाछीले दूध दिन थालेको थाहा पाएका छरछिमेकले अचम्म मानेको देवीप्रसादकी श्रीमति नरमाया लामिछानेले बताईन । गाई विरामी हुँदा जुकाको औषधि खुवाएको र त्यसको केहिदिन पछि बाछीले दुध दिने लक्षण देखिन थालेको उनले जानकारी दिए । गाई र बाछीको उपचार गर्दै आएका उर्लाबारीका चिकित्सले बाछी दुहन सल्लाह दिएयता नियमितरुपले दुहुंदै आएको नरमायाको भनाई छ ।

कोरली बाछीले दूध दिइरहेको थाहा पाएका केहि ब्यक्ती घरमै आएर बाछी किन्न मागेको नरमायाले बताए । प्रकृतिमा अचम्मकारुपमा हेरिने यसप्रकारका अनेकौ घटनाहरु हुने गरेको छ । हार्मोनको गडबडीका कारण सो गाईले दुध दिएको हुनसक्ने जानकार बताउँछन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!