हिपमत डटकम

शुक्रबार, कार्तिक ०५, २०७८ || 614  पटक पढिएको

प्रा.डा.बद्रीविशाल पोखरेल

यस लेखमा एमाले सिद्धान्तनिष्ठ नेता लालबाबु पण्डितलाई प्रतिनिधि पात्र बनाइएको छ । आफ्ना बलबुता, प्रतिभा, क्रियाशीलता र क्षमताका आधारमा राजनीति र राजकीय उच्च स्थान, मान र हैसियत प्राप्त गरेको भनेर गौरव बोध गर्ने कमेरडहरु सिद्धान्त र संगठनलाई केन्द्र बिन्दुमा राख्छन् । तर अमूक प्रमुख नेताका दया, माया र कृपाबाट मात्र आफूले पदीय हैसियत पाएको भन्ने अत्यन्त दरिद्रतम सोच राख्नेहरु अमूक दौराको फेरमा भुण्डिन रमाउँछन् । लामो समय यस खालको विसंगतिमा रमाउनेहरु घर जलाउने नेताका पछिपछि आँखा चिम्लेर लाग्छन् ।
तर लालबाबु पण्डितहरू अत्यन्त औसरवादी तथा लालगद्दार चरित्र किमार्थ निर्वाह गर्देनन् । यसर्थ उनलाई यस लेखकको लाल सलाम छ । देखादेखी कम्युनिस्ट पार्टी र जबजको चिहान खन्ने नेताका पछि अन्धो भएर लाग्ने जो सुकै ह्ुन् ती बरा र विचरा हुन्, नेता घनेन्द्र बस्नेतसितै बहस गर्न यो लेखक तयार छ ।

तर्क तथ्य र वास्तविकता नभएर सिदासादा भोलाभाला कार्यकर्तालाई भड्काएर कति दिन राजनीति गर्छन् हेर्नु छ । झापा आन्दोलनको ब्याज भजाएर कति दिन ढाँट्न सकिन्छ हेर्दे जाउँला । तिनले त भविष्य देख्दैदेखेनन् । तर हामीले भविष्य हेर्ने हो भने आफैँ सच्चिन जरुरी देखिन्छ ।
ओलीले भनेझैँ शक्तिसित कहिल्यै नझुक्ने र सत्यसित कहिल्यै नलड्ने संस्कार विकास गर्न सक्ता यस देश काचे कायापलट हुन्छ । तर यस लेखमा फरक प्रसंग उठान गरिएको छ । किनकि एमाले पार्टीको उपल्लो नेतृत्वमा रहेको सांस्कृतिक शून्य चेतलाई बेलैमा सुधार्न सकिएन भने यो पार्टीै चुनावदेखि चुनाव सम्म मात्र सीमित हुनेछ । जबजले निर्देश गरेअनुसारको आमूल परिवर्तन गर्ने सोच समाप्त हुनेछ र यो पार्टी संसद्को भासमा पूरै भासिएर समाप्त हुन सक्ने छ ।

यही कुराको सन्दर्भ उठान गरिएको छ । यसमा तपाईँ कति पर्नु हुन्छ हुन्न त्यो पछि थाहा होला तर ९५ प्रतिशत नेता धर्म,संस्कार ,संस्कृति आचार विचारका बारेमा शून्य चेतका रहेका छन् । तिनलाई दसैँ, तिहार, छट आदि पर्वका सर्व प्राचीन तथा मौलिकताका विषयबोरे कुनै जानकारी छैन । दसैँ तिहारका अवसरमा ठाउँ ठाउँमा पार्टीगत शुभकामना आदान प्रदान गर्छन् तर तिहारकै बारेको वास्तविक पक्ष केलाउने प्रयत्न पनि गर्दैनन् ।

कार्लमाक्र्सका धर्मसम्बन्धी धारणाहरु मूलतः यहुदी, इसाइ र इस्लाम धर्मसित सम्बन्धित अध्ययनमा आधारित रहेको देखिन्छ तर माक्र्सएङ्गेल्स दुवैले वैदिक सनातन वा हिन्दू धर्म र संस्कृतिका अनेक सकारात्मक तथा जीवनोपयोगी पक्षहरु अध्ययन गर्न पाएको भए धर्मलाई अफिम मात्रै भन्ने थिएनन् । यस्तो किन पनि भनिएको हो भने माक्र्सले सामन्तवादको कट्टर रक्षक क्याथोलिक शाखा भन्दा सामन्तवाद र कट्टर पन्थ विरोधी संघर्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रोटेस्टेन्टको उच्चमूल्याङ्कन गरेका छन् ।

त्यसैले प्राचीन चाडपर्वहरुका सामन्तवादी सारतत्वलाई निषेध गर्दै सकारात्मक तथा जीवनोपयोगी पक्षहरुलाई स्वीकार गर्ने द्वन्द्वात्मक भौतिकवादी सोच राखेको देखिन्छ । पर्व,परम्परा र संस्कृतिका सकारलाई स्वीकार गर्ने कुरा गरेका छन् ।

अझ द्वन्द्व र द्वन्द्ववादको बह्ुआयामिक सूक्ष्म अर्थ आशय र सन्दर्भ पटक्क नबुझी घाँटी नै रेट्न,बल र शस्त्र प्रयोग गर्न हौसिने कठमुल्लावादी जडसूत्रवादी कमरेडको त कुरै फरक भयो तर एमाले जस्तो पार्टीका ९८ प्रतिशत नेताहरु धर्म र संस्कृति तथा सांस्कृतिक रुपान्तरण सम्बन्धी सुझबुझका दृष्टिले अत्यन्त दयनीय अवस्थाका देखिन्छन् । जबज अन्ुसार संस्कृतिका बारेमा अध्ययन मनन गर्ने कुरा त तिनका बसको बात नै होइन जस्तो छ । कार्लमाक्र्सले नै अधिभौतिक वादी वा अध्यात्मवादी फायरबाखको भौतिकवाद र हेगेलको द्वन्द्ववाद, जो टाउकाले टेकेको थियो ,त्यसलाई आफूले खुट्टाले टेकाएको बताएका थिए । यति कुरा पनि कमरेडहरु बुझ्दैनन् जस्तो लाग्छ ।

जसरी माक्र्सले आध्यात्मिक सोच,समझ र मान्यतामा आधारित भौतिकवाद र द्वन्द्ववादलाई वैज्ञानिक व्याख्या र विश्लेषण गरे । त्यस्तै धर्म,संस्कृति र सांस्कृतिक रुपान्तरण जस्ता विषयमा रहेको रुढीवादी सारतत्वलाई हटाएर सही, सार्थक र जीवनोपयोगी धर्म र सांस्कृतिक सारको सुरक्षा र सम्बर्धन गर्न सकिने सोच अधिकांश कम्युनिस्टमा पाइन्न । कम्युनिस्ट पार्टीका नाममा अधिकांश नेता बिरालो बाँध्ने संस्कारबाट बाँधिएका छन् ।

त्यसैगरी कतिपय नेताहरु दसैँ,तिहार लगायत चाडपर्वका सही सत्यतथ्य थाहा नपाएर अतिवाद र अन्धवादको सिकार भएको देखिन्छ । कोही बहिष्कार र कोही चाहिँ रुढीग्रस्त परम्पराहरु हुबहु स्वीकार र समर्थन गरेको देख्नु पर्छ । आफू नजान्ने भनेका नमान्ने सामन्तवादी अहंवादी संस्कार ग्रस्त नेताहरु जबजलाई चुनावदेखि चुनावसम्म मात्र सीमित पार्न उद्यत देखिन्छन् । अध्यक्ष ओलीलाई नै पनि यस लेखकले यस्तै नेतृत्वको भर पर्ने हो भने एमालेले समाजको गुणात्मक रुपान्तरण कदापि गर्न सक्तैन भनेको छ । सांस्कृतिक रुपान्तरण जस्तो अत्यन्त संवेदनशील विषय नेतृत्वबाट नै ओझेल पारिएकामा नेता मणि थापा र खगेन्द्र राईले एक कार्यक्रममा उल्लेख गरेका थिए ।

प्रकृतिसित संघर्ष गर्दा वा श्रम कर्ममा माटो भएर लाग्दा आदि मानवले शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्ने सोच बनायो । जुन सोच प्रकृति संगत पनि रहेको छ । प्रकृतिले नै दिन र रातको सिर्जना गर्नु को मतलब श्रममय दिन र आराममय रातको अवस्थाका लागि हो । आदि मानवले यसका लागि मिठो,मसिनो र तागतिलो खाने कुरा खाएर शारीरिक पुनर्ताजगी प्राप्त गर्ने र नाचगान आदि रामरमितो गरेर मानसिक पुनर्ताजगी प्राप्त गर्ने क्रमसितै दसैँ,छट, तिहार आदि चाडपर्वहरु सुरु र विकसित भएका हुन् । हुन पनि शारीरिक श्रम शक्ति नै भौतिक ( कृषि र उद्योजजन्य उत्पादन) तथा बौद्धिक (दर्शन,कला,साहित्य,संगीत र ज्ञानका सबै विधा र संस्कृति ) उत्थान र विकासको मूल आधार हो ।
दसैँ आदि चाडपर्व कृषि लगायत श्रम कर्मका कारण गलेर माटो भएको मानव समूहले शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्न सुरु गरेका पर्वहरू हुन् । मार्कण्डेय पुराण अनुसार देवदल र दानव दल अर्थात् देवराजा इन्द्र र दनव दल महिषासुर नेतृत्वका बीच संघर्ष भयो ।
देवदलले आफूहरू हार्ने देखेर दुर्गादेवीको नेतृत्वमा मातृ शक्तिलाई दानव विरुद्ध अघि सारेर फलकपट गरी महिषासुर बध गरेको वा विजय प्राप्त गरेको प्रसंग दसैँमा जाडियो । अनि रामले दस दिन भगवतीहरुको पूजाआजा गरी सश्त्र पूजा समेत गरेर उच्च मनोबल प्राप्त गरी रावण वधको तयारी गरेर विजय हासिल गरेको प्रसंगसित दसैँ जोडियो ।

हुँदाहुँदा वैदिक सनातन वा हिन्दू धर्म र संस्कृति र चाडपर्वहरुमा सामन्तवादी अपसंस्कृति सुविचारित रुपमा घुसाइयो । यी पर्वहरूमा प्रत्यक्ष वा परोक्ष रुपमा सामन्तवाद वा यसका नायक राजाको प्रशस्ति घुाइयो र चाडपर्वको सर्व प्राचीन मौलिकता समाप्त पारियो र तिनलाई एक जाति,एक धर्म,एक नश्ल तथा एक समुदायको संस्कतिकरण गरियो । अनि तिनमा ज्ञान,गुण र विशेषता एक रत्ति नभएको राजा महाराजालाई देवत्वकरण गरियो ।

अझ नेपाली चाड तिहार हो दीपावली होइन । यो तिहार युगान्तर पर्व हो । एउटै आमाका सन्तानका बीच विवाह हुने परिपाटी परित्याग गरी दिदी भाइ वा चेली माइती सम्बन्ध सुरुवात गर्ने चाड हो । ऋग्देवमा यम र यमी नामका दाजु वहिनीका बीचको संवादले यसलाई पुष्टि गर्छ । राखी,जितिया र सामानखेवा जस्ता अनेक पर्वहरु चेली माइती सम्बन्ध कायम तथा सुदृढ गर्ने पर्व हुन् । कतिपय संस्कृतिविद् नामका पण्डितहरू जेजे वराजु सोही सोही नाति भनिरहको देख्दा टिठ लाग्छ । संस्कृति सम्बन्धी लेखमा गणेशको सुँडको मात्र बखानको कुनै अर्थ छैन ।

गर्ने यति सामान्य कुरा पनि नबुझेर चाडपर्व प्रति समयानुकूल परिमार्जन गर्न पटक्कै ध्यान नदिनेलाई के नेता भन्ने ती त कथित कम्युनिस्ट मात्र हुन् । आवश्यकता नै आविष्कारको जननी हो भनेझैँ आदि मानवले संस्कार र संस्कृतिको आरम्भ गरेको देखिन्छ । तिनै मानवले दैनिक जीवनमा आइपर्ने बस्तुहरू ढिकी, जाँतो, नाङ्लो, चाल्नु, पानीघट्ट, नाउ, हलो, कुटो र कोदालो आदिको परिकल्पना, प्रयोग र परीक्षण ग¥यो र त्यसलाई अन्तिम स्वरुप दिएर श्रम कर्ममा तिनलाई उपयोग गरे ।

तिनै प्राचीन भाँडावर्तन, औजार र प्रविधि अहिले परिवर्तित अनेक आधुनिक वा अत्याधुनिक औजार र प्रविधिका रुपमा देखा परेका हुन् । यसरी नै कृषि लगायत श्रमकर्मकै सिलसिलामा वा गोठाला, खेताला, जाँदा मानव जातिले प्राप्त गरेका अनेक अनुभूति, भावना र भाव तरङ्गलाई गीत,कविता आदिका रुपमा स्वतःस्फूर्त मौखिक अभिव्यक्ति आदि मानवले ग¥यो । यसरी सिर्जना गरेका रचनालाई लोक वा अलिखित साहित्य भनियो । पछि यिनलाई लिपि,अक्षरमा अनुवाद गरेपछि लिखित साहित्यको सिर्जना हुनथाल्यो ।

श्रुति परम्परामा जीवित रहेको तत्कालीन मन्त्र, श्लोकको सँगालोलाई वेद भनियो । वेदका श्लोकहरूलाई उतिबेला ऋचा भनिन्थ्यो । ती ऋचाहरुलाई ऋषि तथा तपस्विनीहरूले सङ्ंकलन गरेको भनिन्छ । यसरी नै नेपालका सबै जातिसमुदायका ऐतिहासिक, धार्मिक र पौराणिक ग्रन्थहरूको रचना भएको देखिन्छ ।

माक्र्सवादले यही तत्थ्य र सत्यलाई आधार मानेर संस्कृति र संस्कृति अन्तर्गतका सबै विषयमा तथ्यपरक अध्ययन र विश्लेषणमा जोड दिन्छ । दसैँ आदि चाडपर्वलाई सत्य तथ्यका आधारमा ऐतिहासिक भौतिकवादी दृष्टिकोणले हेर्छ, पर्गेल्छ र माक्र्सवादले दसैँ जस्ता पर्वमा अन्तर्निहित जनविरोधी सारलाई कलात्मक हस्तक्षेप गर्दै रुपान्तरित गर्ने दृष्टि र दिशा प्रदान गर्छ ।

धर्मको वास्तविक अर्थ र आसय धारणा,गुण,विशेषता र दायित्वबोध हो । अर्को शब्दमा धर्मको अर्थ सेवा,सहयोग, उपकार र उद्धार हो । धर्म शब्दले उपर्युक्त धारणा वा मान्यतालाई सर्वोपरि स्थान र मान दिएको देखिन्छ । आदि मानवले प्रकृतिको सेवा, सहयोग, उपकार केन्द्रित धर्म, गुण र विशेषताबाट ज्ञान आर्जन ग¥यो । प्रकृतिको त्यो सार्वजनीन, सार्वकालीन तथा शाश्वत धर्मलाई मानवले जीवनमा उपयोग गर्न थालेपछि समाजमा धर्मको औपचारिक प्रवेश भएको स्पष्ट अनुमान हुन्छ । फलफूल,अन्नजल वा यस्तै तमाम प्रकृति मानव सेवाका लागि समर्पित भएको देखिन्छ ।

कलकलाउँदो निर्मल पानी बग्ने खोला र नदीहरू, लटरम्म, रसिला र मीठा फलफूल फुलाउने र फलाउने वनस्पति तथा वृक्षहरू, आफू खाँदैनन् तर मानव सेवामा हर्दम सरिक हुन्छन् । तिनीहरू प्राकृतिक तथा दैवी सकसपूर्ण अनेक कष्ट र कहर खेपेर मानवकै सेवा, सुख र समृद्धिका लागि तैनाथ हुन्छन् ।
यही कुरालाई गम्भीर रूपमा मनन गरेर महकवि देवकोटाले फुल्दो गुलाव बीच अनेक ज्ञान खुल्छन् उद्यानमा बस गई सब तŒव खुल्छन् भन्नु भएको हो । प्रकृतिका उपर्युक्त उच्च उदात्त गुण र विशेषता नै धर्मको प्राकृतिक नैसर्गिक पक्ष हो र यसलाई मानव समाजले धर्मका रूपमा प्रारम्भ गरेको हो । उपर्युक्त उदात्त सेवाभाव केन्द्रित चिन्तन र चरित्रलाई मानव पुर्खाले मानव सभ्यताको समुन्नति र समृद्धिका खातिर उपयोग गरेको देखिन्छ ।

व्यासले अठार पुराणको सारलाई परोपकार, सेवा सहयोगलाई पुण्य वा धर्म हो भने भने परपीडन, अरूको कुभलो र अहित गर्नु नै पाप वा अधर्म हो भनेका छन् ।

पानीको धर्म भिजाउनु, तिर्खा मेटाउनु, सिंचाइ गर्नु र आगोको धर्म डढाउनु र पोल्नु हो । त्यसैले मानवजस्तो बुद्धि, विवेक र उच्च चेतना भएको जीवले सामान्य प्रकृति पदार्थभन्दा पनि उच्च स्तरको सेवा र सहयोग गर्ने हैसियत राख्नुपर्छ । यही भावनाका कारण मानिसले धर्म सम्बन्धी धारणालाई विस्तारित गरेको हो । त्यसैले यस बेला शुभकामना आदान प्रदान गर्दा चाडपर्वको सर्व प्राचीन पक्षहरु उद्घाटन गर्दै तिनलाई समसापेक्ष तथा बहुजन हिताय बनाउनु पर्छ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!