दसैँको मुखमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ ।
असोज पहिलो सातामा कुखुराको तयारी मासुको मूल्य घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको थियो । जुन, अहिले बढेर प्रतिकिलो ३४० रुपैयाँसम्म पुगेको हो ।
मासु व्यवसायी संघका अनुसार यो साता कुखुराको मासुको मूल्यमा दोस्रो पटक वृद्धि भएको हो ।
दसैँको मुखमा उत्पादन घटेकाले मूल्य बढेको संघले जानकारी दिएको छ ।