हिपमत डटकम

शनिबार, आश्विन २३, २०७८ || 508  पटक पढिएको

बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल पठाइएको छ । उनलाई आर्थर रोड जेलमा राखिएको छ । किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए । अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन् । ​आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १ मा राखिएको छ । अहिलेसम्म कुनै पनि आरोपीलाई त्यहाँको पोशाक दिइएको छैन । सबैलाई ५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ ।

आर्यनसहितका आरोपीहरुलाई कुनै पनि विशेष व्यवस्था नगरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । जेलमा आर्यनलाई कुनै पनि विशेष व्यवस्था हुनेछैन । उनले घरको खाना खान चाहेमा अदालतको स्वीकृती लिनुपर्ने हुन्छ ।

आर्यनले बाहिरको खाना खाने अनुमति दिएको छैन । जेलमा उनले अरुले जस्तै नियम पालना गर्नुपर्ने हुन्छ । जेलमा बिहान ६ बजे उठ्नुपर्ने व्यवस्था छ । ७ बजे बिहानको खाजा दिइन्छ । बिहानको खाजामा पुवा र सुजीको पिठोबाट बनेको हलुवा दिइन्छ । जेलमा ११ बजे खानाको व्यवस्था हुन्छ । जसमा रोटी, साग, दाल र भात हुन्छ । आर्यनलाई पनि जेलमा घुम्ने वा डुल्ने सुविधा छैन ।

उनलाई वा अन्य जेलमा बस्नेलाई थप खाना चाहिएमा क्यान्टिनमा थप पैसा तिर्नुपर्ने हुन्छ । साँझ ६ बजे खाना दिइन्छ । आर्यनले पनि बाँकी जेलमा बस्नेले जस्तै साथमा प्लेट बोकेर खाना माग्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!