रबिन्द्र बराल

आइतबार, आश्विन १७, २०७८ || 580  पटक पढिएको

यसचाडपर्व लक्षित सुरक्षा योजना का लागि नेपाल प्रहरी परिचालन र बसपार्कमा यात्रु सहायता कक्ष रंगेली स्थापना गरिएको छ ।

प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याउन का लागि प्रदेश प्रहरी कार्यालयले १४ जिल्लामा एकसाथ सुरक्षा योजना कार्यन्वयनमा ल्याएको छ । साेहि कार्यक्रम रंगेली काे बसपार्कमा समेत नगरीक साहयता कक्षकाे स्थापना गरिएको छ ।

प्रहरीले चाडपर्वमा घर बाहिर निस्कदाँ सावधानी अपनाउन समेत आग्रह गरेको छ । लामो समयसम्म घर बाहिर रहँदा रेखदेखका लागि छिमेकीसँग सहकार्य गर्न प्रहरीले आग्रह गरेको छ । संभावित जोखिम र आशंका लागेमा नजिकको प्रहरीलाई खबर गर्न र सहयोग लिन आग्रह समेत गरिएको छ ।

बसपार्कमा रहेका हेल्पडेस्कमा रहेका ट्राफिक प्रहरीसँग यात्रा दुरी, भाडादर लगायतका विषयमा जानकारी लिनका लागि समेत प्रहरीले आग्रह गरेको छ । सार्वजानिक सवारीमा चाडपर्वमा हुने बढी भीडभाडले कोरोना संक्रमणको जोखिम निम्त्याउने भएकोले यात्राका क्रममा सावधानी अपनाउनका लागि सबैले प्रहरीसँग समन्वय गर्नुपर्नेमा जोड दिइएका छन ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय रंगेली का देव पुकार यादव, ट्राफिक ईन्चार्ज निलमणि पाेख्रेल, स्थानीय बुद्धि तथा टेम्पु चालक हरु काे समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!