निर्माता तथा निर्देशक सन्तोष सेनले आज बिहानै फेसबुकमा ‘भ्यालेन्टाइ डे’को सम्झना स्वरुप फिल्म ‘प्रेम गीत’को पोस्टर राखेका छन् । उनले आफ्नो मान्छे प्रति प्रेम दिवसको शुभकामना भन्दै नायक प्रदिप खड्का र नायिका पूजा शर्मा प्रस्तुत पोस्टर राखेका छन् । उनको पोस्टमा नायिका पूजा शर्माले सन्तोष सेनलाई “सन्तु” उपनामले सम्बोधन सहित पुरानो सम्झना भन्दै अझै प्रस्ट फोटो राख्न अनुरोध गरेकी छिन् ।
सन्तोषले लेखेका छन्, ‘मैले आफ्नो जिवनमा सुरुवात गरेको मायाको फिल्म ‘प्रेम गीत’ २०१६ को प्रेम दिवसको दिनमा सम्पूर्ण दर्शकलाई माया स्वरुप सुम्पेको थिए । त्यही मायाको बदलामा आजसम्म यहाँ छु .. यही अवसरमा सम्पूर्ण मलाई माया गर्ने आफ्नो मान्छे प्रति ‘प्रेम दिवस’को शुभकामना !’
यो फिल्मले दर्शकको राम्रो साथ पाएको थियो । निर्माता सेनलाई फिल्म क्षेत्रमा टिकाउने फिल्म नै प्रेम गीत हो भन्दा फरक नपर्ला । किनकी उनले जति फिल्म निर्माण गरेपनि प्रेम गीत सिरिजको जस्तो चर्चा अरु फिल्मले पाउन सकेको छैन । प्रेम गीत निर्माता सेनलाई मात्र नभई प्रदिप र पूजालाई पनि लक्की सावित भएको छ । उनीहरु यहिँ फिल्मबाट चर्चामा आएका हुन् । प्रेम गीत सिरिजलाई प्रदिप खड्का लिड गर्दै आएका छन् । तर, पूजा शर्मा प्रेम गीतको सिरिजमा अटाउन सकेकी छैनन् ।
https://www.facebook.com/photo.php?fbid=2745083252242354&set=a.101021056648600&type=3&theater