पछिल्लो समय जन्मदिनको अवसरमा मंहगा हाेटलहरुमा साथीहरूहरुकाे जमघट गर्दै ठुला – ठुला भाेजहरुकाे अायाेजना हुदै अाएकाे छ । साथीहरू भेला गर्दै मंहगा मदिराको तालमा चर्को संगित अाजकालकाे जन्मदिनको पर्याय बन्दै अाएकाे छ । तर, याे र यस्ता जन्मदिन मनाउने संस्कृती भन्दा फरक शैलीमा बिराटनगर – ८ मधुमाराकी सारदा भण्डारीले आफ्नो जन्मदिन मनाएकि छन् ।
भण्डारीले जन्मदिनको अवसर पारेर बिराटनगर -८ मा रहेको विराटेश्वर वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरूको उपचार गरिदिन अक्षयकोष खडा गरिदिएकि छिन् । उनले आफ्नो ४५ औं जन्मदिनको अवसरमा अाश्रममा रहेका बृद्ध बृद्दाहरुकाे नियमित उपचारमा सहयाेग पुर्याउने उद्धेश्यका साथ ५० हजार १ सय ५ रूपैयाँको अक्षयकोष खडा गरिदिएकी हुन् ।
परिवारबाट टाढा बृद्धअाश्रममा बस्न बाध्य बनेका वृद्धाहरू विरामी भएको बेला उपचार र औषधीकालागि अरुकाे भर पर्नु नपराेस भन्ने उद्धेश्यले अक्षयकोषको स्थापना गरिएको भण्डारीले बताइन् ।
जन्मदिनमा मानिसहरूले तामजामको साथ मनाउने प्रचलनलाई हटाउँदै सारदाले जन्मदिनमा गरिने फजुल खर्चकाे कटौती पछिल्लो २ बर्षदेखि गरेकि थिईन ।
२ बर्षदेखि बचत गरेको रकम उनले
आश्रममा एक कार्यक्रम अायाेजना गरि अध्यक्ष जगतप्रसाद अर्याललाई पति रन्जन कार्कीका साथ संयुक्त रूपमा हस्तान्तरण गरेका थिईन ।
वृद्धाहरूको औषधी उपचारका लागि स्थापना गरिएको अक्षयकोषको रकम बर्सेनि थप वृद्धि गर्दै लैजाने सारदाका श्रीमान रन्जनले बताए । स्वर्गिय भएका सासु तुलसा देवी र ससुरा वीरबहादुर कार्कीको नाममा अक्षयकोष स्थापना गरिएको शारदाकाे भनाइ छ ।