सम्पादकीय
प्रदेश नम्बर १ को राजधानी विराटनगर क्षेत्रका सडकहरूमा निर्माण सामग्रीहरू अलपत्र रूपमा छाडिएका छन् । विराटनगर प्रदेशको राजधानीमात्र नभई महानगरपालिका पनि हो ।
सहरको हिसाबले महानगरपालिका उपल्लो दर्जा हो । यस्तो दर्जा पाएको सहरमा सडक अनुशासन परिपालना गर्न मानिसलाई कति सकस भएको हो भनी साध्य छैन । विराटनगरको पानी ट्याङ्की पुस्पलालचोक सडकमा फोहर सामग्री थुपारेर राखेको महीना दिन भयो । महानगरको गाडीले उठाएको छैन ।
मेयर भीम पराजुलीको निवासपश्चिम घोघापैनीमाथि बनेको नयाँ सडकको अवस्था त निर्माण सामग्री थुपारेर सवारी साधन आवातजावतमै समस्या हुन थालेको छ । ट्रका ट्रक गिटीबालुवा सडक ढाकेर थुपारिएको अवस्था छ ।
सायद मेयर पनि यो बाटो भएर हिड्नु हुन्छ होला । उहाँले यो नयाँ सडकको दुरावस्था देख्नु भएकै हुनु पर्दछ । अर्को कुरा यो सडकमा साँझमा त हिड्नै सकिँदैन । किनकि सडकबत्ती नभएर अन्धकार हुन्छ । यो सडक बनेको सम्भवत वर्ष दिन हुन भयो होला ।
सहरका त्यो पनि नयाँ र भित्री सडकको त अवस्था यस्तो छ भने अरू ग्रामीण सडकको अवस्था कस्तो होला ? सजिलै अनुमान गर्न सकिन्छ । सहरबजार सफा र स्वच्छ र स्न्वछ राख्ने पहिलो दायित्व नगरबासीको हो । नगरबासीले नगरे महानगरपालिकाले सडक सुरक्षाको जिम्मा लिएको निकाय हो । उसले सडक कानुन लगाएर हुन्छ कि के गरेर हुन्छ सहरलाई सुन्दर र हराबरा बनाउन लाग्नु पर्दछ ।
सडकमा सामग्री राखेर निजी घर निर्माण गर्ने कार्यबारे महानगर प्रशासन मौन प्रायः देखिएको छ । महानगर प्रशासनले सडक अधिग्रहण हुँदा पनि बेवास्ता गरेका कयौं उदाहरणहरू छन् । यो त कर्मचारीतन्त्रको लाचारीपन सिवाय अरू केही हुन सक्दैन ।
यस विषयमा महानगरको जनप्रतिनिधिको नेतृत्वले अनुगमन गरेर कारबाही अघि बढाउन हिचकिचाउनु भएन । यदि यसरी नै हिचकिचाइ रहने हो भने विराटनगर सभ्य सहर बन्न सक्दैन । तसर्थ, सहर सफा, हराबरा, विकसित र सुन्दर बनाइ राख्न सबैले एकजुट भएर अभियानका साथ लाग्नु आजको आवश्यकता हो ।
महानगरपालिका कार्यालयमा सरसफाइ कर्मचारी पनि बेकम्मा भएर बसेको अनुभूतित गर्न सकिन्छ । महानगर क्षेत्रभित्र सधैं सफाइकर्मीहरू क्रियान्वित भएको कमै देख्न सकिन्छ । अहिलेसम्म कहींकतै नगर प्रशासनले सडकमा अलपत्र अवस्थाका निर्माण सामग्री जफत गरेको सुन्न पाइएको छैन ।
यस विषयमा महानगर प्रशासनले चासो दिनु प¥यो । सडकमा अलपत्र निर्माण सामग्री जफत गर्ने कानुन त बनेको होला नि । त्यस कानुनलाई चाँडो कार्यान्वयनमा ल्याउनु प¥यो । त्यसै विराटनगर सहर बन्दैन है । विराटनगरलाई देशका अरू महानगरपालिकाले टक्कर दिइसकेका छन् । के कुरामा टक्कर दिए भन्ने सवाल आउन सक्छ । मुख्य कुरा त विकासमा र त्यसपछि सुन्दरतामा अरू महानगरपालिकाले विराटनगरलाई चुनौति दिइ सके ।
त्यतिमात्र होइन कतिपय उपमहानगरपालिकाहरूले पनि विराटनगरलाई सहर स्न्दरताका विषयमा चुनौति खडा गरि दिएका छन् । उदाहरणको रूपमा हेटौंडालाई लिन सकिन्छ । विराटनगर महानगरपालिकाले त्यहाँबाट पनि सिक्न सक्ने थुप्रै अवसरहरू छन् ।
विराटनगरका भित्रि सडकहरू अहिले पनि कच्ची र ग्राभेल अवस्थाका छन् ।
नाला निकास हुन सकेको अवस्था छैन । केवल पहुँचका आधारमा कुनै वडा धेरै विकसित भइसकेको छ भने कतिपय वडा बाटो, बिजुली र खानेपानी नभएर गएगुज्रेको अवस्थामा छन् । विकास र वितरण समान रूपले हुनु पर्ने होइन । अनि अझै पनि किन विभेद गरिन्छ । यस्ता विवषयमा पनि महानगरपालिकाको ध्यान आकृष्ट होस् ।
यो खबर न्यु सृष्टि दैनिकमा प्रकाशित छ।