हिपमत डटकम

सोमबार, साउन ३२, २०७८ || 755  पटक पढिएको

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मून्दडाले संघमा पाल्नु भएका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला र नेपाली सेनाका उपरथी एवं सामाजिक अभियन्ता अनन्त कार्कीसँग भेटघाट र छलफल गरेका छन् । ।

भेटघाटमा किओचका अध्यक्ष डा. कोइरालाले गैरनाफामूलक र सेवामूलक संस्थाका रुपमा स्थापित काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को परिचय दिँदै नेपालका सबै बालबालिकालाई सर्वसुलभ विशिष्टिकृत स्वास्थ्य सेवा पु¥याउने र बाल स्वास्थ्यका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने इन्स्टिच्युटको मुख्य उद्देश्य रहेको बताए ।

डा. कोइरालाले इन्स्टिच्युटले काठमाडौंमा स्रोत केन्द्रको रुपमा बहुविशिष्टीकृत सेवासहितको अस्पताल र बाँकी सबै प्रदेशमा बाल अस्पताल निर्माण गरी संचालन गर्ने उद्देश्य लिएको बताउँदै प्रदेश नं. १ मा झापाको दमकमा त्यहाँको रेडक्रस भवन लिजमा लिई अत्याधुनिक सेवासहित दक्ष प्राविधिकहरुबाट संचालन हुने बाल अस्पतालको निर्माणमा मोरङ व्यापार संघबाट सहयोग गर्न संघका अध्यक्ष मून्दडालाई अनुरोध गरेका थिए ।

संघले विराटनगरमा समय सान्दर्भिक र दु्रत गतिमा प्रविधियुक्त सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गर्न नागरिक केयर सेन्टरमार्फत पु¥याएको योगदान अत्यन्त प्रशंसनीय र अतुलनीय रहेको उदृत गर्दै डा. कोइरालाले किओचको सो प्रदेशस्तरीय बालअस्पताल निर्माणका लागि मोरङ व्यापार संघबाट सोही अनुरुपको सहयोग र समन्वय गर्न अनुरोध गरेका थिए ।

डा. कोइरालाले प्रदेश नं. १ को बालअस्पताल निर्माणार्थ किओचका कार्य योजनाहरु तयार पारी आगामी दिनमा संघलाई प्रस्तुत गरिने बताएकोमा संघका अध्यक्ष प्रकाश मून्दडासहित पूर्वअध्यक्ष महेश जाजूूले सो बालअस्पताल निर्माणका लागि संघबाट यथाशक्य साथ, सहयोग एवं समन्वय गर्ने आश्वासन दिलाएका थिए ।

संघका अध्यक्ष मून्दडा, पूर्वअध्यक्ष एवं केयर सेन्टरका वरिष्ठ उपाध्यक्ष जाजू, किओचका अध्यक्ष डा. कोइराला सहभागी थिए । नेपाल सेनाका उपरथी अनन्त कार्की, उद्योग संगठन मोरङका निर्वतमान अध्यक्ष एवं केयर सेन्टरका उपाध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!