विरेन्द्रकुमार साह
बिराटनगर,
बाल्यकाल देखि नै संगीतमा रुचि भएरै होला ‘हुने बिरुवाको चिल्लो पात’ भने जस्तै झापाका बलराम राजबंशी, राजबंशी गायनमा मात्र नभएर नेपालि सांगीतिक आकाशमा पनि आफ्नो बेग्लै स्थान बनाएका छन् । बि.स. २०५३ सालामा झापाको एउटा सानो गाउबाट मनभरी ठुलो सपना र केहि गरेर देखाउने जोशका साथ उनि काठमाडौं पसेका हुन् । झापाको सानोदेखि ठुलो कार्यक्रममा बलरामको उपस्थिति हुने गर्थ्यो । हो तेही देखेर पनि गाउँका अग्रजहरुले यो केटाले केहि गर्छ भन्ने अडकल समेत गर्थे ।
बलरामलाई शास्त्रीय संगीतको राम्रो ज्ञान छ र उनले १० वर्षसम शास्त्रीय संगीतको अध्ययन समेत गरेका छन् । नेपाल टेलिेभिजनको ब्राइटर तिम्रो सुर मेरो गित कार्यक्रमको फाइनल राउन्ड सम्म पनि बलराम पुगेका थिए । यति मात्र कहा होर इमेज च्यानलको साङिति कार्यक्रम साउथ एसियन स्टार नेपाल को उत्कृष्ट ४ सम्म पनि आफ्नो स्थान बनाएका थिए । पछिल्लो १० वर्षदेखि उनि आफ्नै म्युजिक ईन्स्टिच्युट इन्द्रेणी संगीत पाठ्शाला, धोबिधारा काठमाडौमा शास्त्रीय र आधुनिक सुगम संगीत अध्यापन गराउदै आएका छन् ।
बलरामले अहिलेसम्म राजबंशी भाषामा ५ वटा म्युजिक एल्बम तेस्तै १ दर्जाभन्दा बढी नेपालि गीत गाइसकेका बलराम भन्छन ‘यो क्षेत्रले मलाई इज्जत दियो देश र समाजमा मेरो एउटा छुट्टै पहिचान बनाउन मद्दत गरेको छ, गीत भनेको सुर र ताल युक्त मन को भावना पोख्ने मिठास शब्द, संगीत र गायेकी को मेल हो । मेरो एउटै सपना छ कि मेरो अन्तिम सास रहुन्जेलसम्म पनि गीत गाईरहन पाउ ।’
उनि आफ्नो बिगतलाई सम्झिदै भन्छन ‘एकदम कठिन समय पार गरियो, प्राइभेट जागिर संगै संगीत को सिकाइ, बिहानको रियाज दिनभरीको जागिर, कहिलेकाही त लाग्थ्यो के गरौ के नगरौ तर म हार खाईन र आफ्नो सपालाई एउटा उचाईसम्म पुर्याउने अठोट गरे र पुर्याएर देखाए पनि । नारायन गोपल, गोपाल योन्जन, मेह्दी हसन, गुलाम अलि, जग्जित सिह आदि मेरा गुरु हुन् मैले उहाहरुलाई नै सुनेर गाउन सिके ।’ ‘टेक्नोलोजिको बिकासले आजभोलि गीत बजारमा ल्याउन सजिलो छ, त्यसैले पनि होला त्यति मेहनत गरेको देखिदैन । फेरी मैले भन्न खोजेको कसैले मेहनत गर्दैन भन्ने होईन ।
अहिले म्युजिकमा लगानी गर्नु भनेको फिर्ताको आश नगरे नि हुन्छ। आर्थिक कमजोरी हुने कलाकारलाई एकदम गार्हो छ, सिक्दा पैसा, गित रेकर्ड गर्दा पैसा, भिडियोमा पैसा, प्रचारप्रसारमा पैसा अन्तमा गित चल्ने कि नचल्ने कुरा म तनाव। युटयुबको जमना छ, कम्पिटिसन छ । स्टेज शो लगायत विदेशको कार्यक्रमहरु भयो भने अलिअलि कमाई हुन्छ नभए त यस्तै हो ।’ अन्त्यमा मेरो आवाजलाई सुनेर, मेरो गितहरु मन पराईदिनुहुन्छ भन्ने ठुलो आश छ साथै मलाई माया गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु, नेपालि गीतसंगीतलाई सधै माया गर्नुहोला ।